images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • सामाखुसी यातायात प्रालिले दश करोड बढी...

सामाखुसी यातायात प्रालिले दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

सामाखुसी यातायात प्रालिले दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन

images
images
शुक्रवार, मंसिर २८ २०८१
शुक्रवार, मंसिर २८ २०८१
  • काठमाडौँ। सामाखुसी यातायात प्रालिले रु १० करोड ३० लाख लागतमा २० वटा विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको छ । विसं २०५७ देखि यातायात सेवा प्रदान गर्दै आएको प्रालिले आज देखि विद्युतीय माइक्रोबस सञ्चालनमा ल्याएको हो ।

    images
    images

    प्रालिका अध्यक्ष सानुकाजी प्रजापतिले काठमाडौँको उत्तरी क्षेत्रका बासिन्दाको आवश्यकतालाई ध्यानमा राख्दै २० माइक्रोबस सञ्चालनमा ल्याएको जानकारी दिए । “काठमाडौँ उपत्यकामा यात्रुको चाप छ, माइक्रोबस थपे सँगै यात्रुलाई केही सहज हुने विश्वास छ,” उनले भने ।

    सामाखुसी यातायातले हाल ८० माइक्रोबस तथा ५० ठूला बस मार्फत यात्रुवाहक सवारी सञ्चालन गरिरहेको छ । काठमाडौँको उत्तरी क्षेत्र बानियाटार, भत्केको पुल, मनमैजु, झोर, टोखा, बसुन्धरा र म्हैपीबाट यात्रुवाहक सवारी सञ्चालन गर्दै आएको सामाखुसी यातायात प्रालिका आर्थिक व्यवस्थापक दीपेन्द्र केसीले जानकारी दिए ।

    images
    images

    प्रालिले हाल तीन सय ५० चालक तथा सहचालकलाई रोजगारी प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend