images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • बागमती सभ्यता विकास समितिले गर्‍यो २१...

बागमती सभ्यता विकास समितिले गर्‍यो २१ अर्ब खर्च, उपलब्धि औसत

बागमती सभ्यता विकास समितिले गर्‍यो २१ अर्ब खर्च, उपलब्धि औसत

images
images
सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । बागमती र यसका सहायक नदी सरसफाइ गर्ने, ढलमुक्त पार्ने  र सांस्कृतिक सम्पदा संरक्षण र निर्माण गर्ने नाममा २१ अर्ब खर्च भएपनी उल्लेख्य प्रगति भने देखिएको छैन । उल्लेखित कार्य गर्न भनेर सरकारले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको गठन गरेको ३० वर्षमा समेत यसले आफ्नो उद्देश्य पुरा गर्न नसकेको हो।

    images
    images

    समितिले बागमती सरसफाइ, ढल राख्ने, नदीको दुई किनारमा नदी नियन्त्रणको लागि गारो लगाउने, पार्क बनाउने, बाटो बनाउने, धाप ड्याम निर्माण, ऐतिहासिक सम्पदा पुनर्निर्माण तथा जीर्णोद्धार कार्यहरूमा २१ अर्ब खर्च गरेको हो । बि. स. २०५१ साल चैतमा पशुपति क्षेत्र वातावरण सुधार कार्यान्वयन तथा अनुगमन समितिको नामबाट गठन भएको समितिको नाम परिमार्जन गरि २०५२ साल मङ्सिर ६ गते अधिकार सम्पन्न पशुपति क्षेत्र ढल निर्माण, सुधार कार्यान्वयन तथा समिति बनाइयो ।

    पछि बि. स. २०६५ साल जेठमा त्यसलाई शिवपुरी जलाधारदेखि चोभारसम्मको बृहत् क्षेत्र समेटेर अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति बनाइएको हो । समितिको म्याद सकिए पनि पटक पटक सरकारले थप गर्दै आएको छ । पछिल्लो पटक पनि समितिको कार्य अवधि २०८० साउन १ गते सकिएको थियो । पुन २०८३ असार मसान्तसम्मका लागि म्याद थपिएको हो ।

    images
    images

    समितिले केही काम गरेता पनि खर्चको अनुपातमा हेर्ने हो भने काम निकै न्यून मात्रै भएको देखिन्छ । अझै पनि बागमती नदीमा फोहोरको हिस्सा निकै नै छ । हिउँदमा त त्यसको गन्धले छेउछाउका बस्तीमा धेरै नै समस्या पार्ने गरेको स्थानीयबासी बताउँछन् । समितिका सूचना अधिकारी उद्धव नेपालले भने बागमती वरपर र बागमती नदी सरसफाइमा ठुलै काम गरेको दाबी गरेका छन्।

    समितिले गरेको महत्त्वपूर्ण कार्यको रुपमा धाप ड्याम निर्माणलाई पेश गर्ने गरेको छ । धाप ड्याम  निर्माण भएको क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि भएको उसको दाबी छ । त्यसैगरी हिउँद याममा बागमतीको बहावलाई रोकिन नदिने कार्य पनि यो धाप ड्यामले गरेको छ ।

    त्यसैगरी, नदी सभ्यतासँग जोडिएका ९ वटा विशेष चाडपर्वमा पानी प्रवाह  गर्ने काम समेत धाप ड्यामले गर्दै आएको छ ।त्यस अलावा धाप ड्यामले मेलम्ची खान पानीबाट हुने आपूर्ति वर्खायाममा बाढीका कारण बन्द हुने हुँदा त्यो अवस्थामा धाप बाँधले मेलम्ची खानेपानीलाई पानी सापट दिने कार्य समेत गरिरहेको छ।

    यसरी वर्षा याममा पानी सापट दिए बापत धाप बाँधबाट सुख्खयामका चाडपर्वहरूमा छोड्नुपर्ने पानीको आपूर्ति त्यसबेला मेलम्ची खान पानीबाट प्राप्त हुँदै आएको छ । हिउँदमा बागमती नदीमा मेलम्ची खान पानीबाट पानी प्रवाह गरि वर्षायामको शोधभर्ना लिने गरेको छ । गत वर्ष यो अभ्यास सफलतापूर्वक कार्यान्वयनमा आएको सूचना अधिकारी नेपालले बताए ।

    बागमती सुधार आयोजनाका इन्जिनियर निश्चल छत्कुल्लीका अनुसार धाप बाँध निर्माणमा स्थानीय स्रोतको बढी उपयोग गरिएको छ । उनले ५३ करोड ३२ लाख ८७ हजार २७२ रकम खर्चेर धाप बाँध निर्माण सम्पन्न गरिएको बताए ।

    अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले टुकुचा ढल निमार्ण, प्रशोधन केन्द्र निर्माण समेत समेत इन्जिनियर छत्कुल्लीले जानकारी दिए । थप गरिएको ३ वर्षको कार्यकालमा  समितिले भत्केको संरचना निर्माण गर्ने, नदी किनारको सरसफाइ गर्ने, ढल लिकेजलाई नियन्त्रण गर्ने, पार्क विकास गर्ने जस्ता लक्ष्य राखेको उनले जानकारी दिए ।

    समितिले खेप्नु परेको चुनौती

    वि.सं. २०२१ सालको नापीको तुलनामा खोलाहरू अन्यत्रै बगिरहेको अवस्था छ । नदीको बहाव क्षेत्रमा व्यक्तिगत भोग तथा व्यक्तिको जग्गाबाट कायम भएको ठाउँमा नदी बगेको स्थिति छ । साथै, हाल नदीले  धार परिवर्तन गरिरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बताएको छ । 

    नेपाल सरकारको मिति २०६५ मङ्सिर १ गतेको निर्णय अनुसार नदीको किनाराबाट दायाँबायाँ निश्चित दुरीमा स्थायी संरचना निर्माण कार्य गर्न नपाउने गरी  मापदण्ड कायम भएको छ । तर, व्यक्तिगत जग्गाको मुआब्जा दिएर मात्रा कोरिडोर निर्माण काम गर्नु पर्नेमा रकम अभावका कारण मुआब्जा दिन नसकिएकोले निर्माण कार्य गर्न समितिलाई बाधा पुगेको समितिको गुनासो छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend