images

२०८३ आश्विन २२ गते

images
images
images

सिमेन्टको मूल्य घटाउने उद्योगीको प्रतिबद्धता

सिमेन्टको मूल्य घटाउने उद्योगीको प्रतिबद्धता

images
images
बुधवार, मंसिर २६ २०८१
बुधवार, मंसिर २६ २०८१
  • काठमाडौँ ।निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच आज (बुधबार) उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको छ । मन्त्रालयमा भएको छलफलमा मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

    images
    images

    छलफलपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष सिंहले काठमाडौँ उपत्यकामा ओपिसी सिमेन्ट सात सय रुपियाँमा उपलब्ध गराउने सिमेन्ट व्यवसायीले प्रतिबद्धता गरेको बताए । उनकाअनुसार काठमाडौँ उपत्यकामा अब ६ सय रुपियाँमा पिसिसी सिमेन्ट उपलब्ध हुनेछ । आफूले सिमेन्ट उद्योगी धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।

     

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend