images

२०८३ आश्विन २२ गते

images
images
images

नेपाल चिनी उद्योग संघ : अनधिकृत आयातले स्वदेशी चिनी बिक्री भएन, अविलम्ब रोकौं

नेपाल चिनी उद्योग संघ : अनधिकृत आयातले स्वदेशी चिनी बिक्री भएन, अविलम्ब रोकौं

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  •  काठमाडौं । नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरेको छ ।

    images
    images

    स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा मौज्दात रहेको भन्दै खुला सीमाका कारण भइरहेको अनधिकृत आयात रोक्न संघले माग गरेको हो ।

    गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौज्दात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालु क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौज्दात रहन जाने व्यहोरा सम्पूर्ण सरोकारवालाहरूमा जानकारी गराउँदछौं,’ संघले जारी गरेको विज्ञप्तिमा छ ।

    images
    images

    खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौज्दात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको संघले जनाएको छ ।

    चालु सिजनमा समयमै उद्योग सञ्चालन हुन नसकेमा लाखौं उखु किसानहरूको भविष्य समेत अन्योलमा पर्न गई चिनी उद्योगहरू थप संकटमा पर्न जाने संघको भनाइ छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend