images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • डाफोडिल कप–२०८१ बास्केटबल  तथा  फुटसल प्रतियोगिता...

डाफोडिल कप–२०८१ बास्केटबल  तथा  फुटसल प्रतियोगिता सम्पन्न

डाफोडिल कप–२०८१ बास्केटबल  तथा  फुटसल प्रतियोगिता सम्पन्न

images
images
मंगलवार, मंसिर २५ २०८१
मंगलवार, मंसिर २५ २०८१
  • नेपाली सेनाको मेजर जर्नेल एवं राष्ट्रिय क्याडेट क्रपसका एक्जुकेटिभ डाइरेक्टर जनरल सुरेश कुमार खत्रीले आज सुन्दरीजलको स्पोर्टस् कम्पलेक्समा  डाफोडिल कप–२०८१ बास्केटबल  तथा  फुटसल प्रतियोगिताको फाइनलमा जीत हासिल गर्ने टिमहरुलाई एक समारोह बीच ट्रफि, मेडल र प्रमाणपत्र  वितरण गर्नुभयो ।
    फुटसल प्रतियोगिता भएको यू१४ समुहको फुटसलको फाइनल प्रतियोगितामा डाफोडिल पब्लिक स्कूलले डाफोडिल बोर्डिङ स्कूललाई पराजित गरी ट्रफी उचालेको छ भने यू१६ समुहको फाइनलमा यूरो स्कूलले डिपिएस कपनलाई २–० ले पराजित गर्यो ।

    images
    images

    यू१६ समुहको अर्को प्रतियोगितामा डाफोडिल पब्लिक स्कूलले चेल्सी वल्र्ड स्कूललाई टाईब्रेकरमा ४–३ ले पराजित गरी फाईनलमा प्रवेश गरेको छ ।यस्तै शिक्षकहरुको प्रतियोगितामा चेल्सीया वल्र्ड स्कूलको शिक्षक टिमले कठिन प्रतिस्पर्धामा डाफोडिल स्कूल शिक्षक टिमलाई पराजित गरी फाईनल प्रतियोगिता आफ्नो खातामा पारेको छ ।

    बास्केटबल प्रतियोगिता छात्राको अन्तर्गत भएको यू१६ समुहको बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक स्कूलले ३२–२३को अंकले बौद्ध इन्टरनेशनल स्कूललाई पराजित गरी च्याम्पियन भएको छ ।  लोरिसा गौचन, अनिता गुरुङ तथा दावा फुती शेर्पा यू१६ को सो प्रतियोगितामा क्रमशः एमभिपी, ३ प्वाइन्ट वीनर तथा उच्च स्कोरर घोषित गरिए ।

    images
    images

    यस्तै छात्रहरुको यू१६ समुह अन्तरगत भएको फाईनल खेलमा गोल्डन पिक स्कूलले ५६–५१ अंकको अन्तरमा ज्ञान निकेतन स्कूललाई पराजित गरि च्याम्पियन बन्न सफल भएको छ । यही समुहमा गोल्डन पीक स्कूलका सुविन तामाङ तथा विजय तामाङले क्रमशः एमभिपी तथा ३ प्याइन्ट स्कोरर  उपाधि हासिल ग¥यो भने ज्ञान निकेतन स्कूलका  महेन्द्र प्याकुरेलले उच्च स्कोररको उपाधि हासिल गरे ।
    प्रतियोगिताको पुरस्कार वितरण समारोहमा डिपिएस का  फाइनान्स कन्ट्रोलर श्रीमती मीना कार्की, प्रिन्सिपल माया लामा तथा डिविएस का अशोक सुन्दर श्रेष्ठले फाइनलका विजेताहरुलाई ट्रफि तथा सर्टिफिकेट वितरण गर्नु भयो ।

    डाफोडिल कप २०८१ अन्तर स्कूल बास्केटबल तथा फुटसल प्रतियोगिता मंसिर १४ देखि २२ सम्म आयोजन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend