images

२०८३ आश्विन २२ गते

images
images
images

देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी

देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी

images
images
सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको छ । 

    images
    images

    सिमेन्ट,डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुन सरकारलाई ध्यानाकर्षण गराए गराउँदै सोमबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

    महासंघका अध्यक्ष सिंहले निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गरिएको र सो मूल्यवृद्धि खारेजीका लागि पहल गरिरहेको बताए । यसै गरी मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी समेत दिएका छन् । 

    images
    images

    ‘सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री राजन पौडेलज्यूलाई भेटी सिमेन्ट डण्डी लगायतका निर्माण सामग्रीमा कार्टेलिङ गर्दै हालै भएको अत्यधिक मूल्यवृद्धि अविलम्ब खारेजीका लागि तत्काल आवश्यक पहल गरिदिन ध्यानाकर्षण गराएको छ,’ सिंहले भने, ‘मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जान बाध्य हुने जानकारी समेत महासंघ प्रतिनिधिमण्डलले गराएको छ ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend