images

२०८३ आश्विन १९ गते

images
images
images
  • शिक्षा
  • विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न राखेको...

विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न राखेको बैठक गणपूरक संख्या नपुग्दा स्थगित

विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न राखेको बैठक गणपूरक संख्या नपुग्दा स्थगित

images
images
आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • काठमाडौं।  प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक स्थगित भएको छ।

    images
    images

    शिक्षा विधेयकबारे दफावार छलफलका लागि बोलाइएको बैठक गणपूरक संख्या नपुग्दा स्थगित भएको हो।

    आइतबार बोलाइएको बैठकमा सभापतिबाहेक १० जनामात्रै सांसद उपस्थित भएका थिए।

    images
    images

    २४ सदस्यीय समितिमा १३ जना उपस्थित भए मात्रै बैठक सञ्चालन गर्न मिल्छ।

    बैठकमा उपस्थित रहेका एक मात्र पुरूष सांसद महिन्द्र राय यादव पनि स्वास्थ्यको कारण देखाउँदै बाहिरिएका थिए।

    बैठकमा समितिमा रहेका सबैजसो महिला सांसदहरू उपस्थित थिए। 

    सभापति अमरबहादुर थापाले आज गणपुरक संख्या नपुगेकोले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन्।

    महिला सांसदहरूले भने पुरूष सांसदहरू अनुपस्थित हुँदा बैठक स्थगित भएको गुनासो गरेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend