images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • जनवरीबाट सुजुकीले सबै मोडलको कारको मूल्य...

जनवरीबाट सुजुकीले सबै मोडलको कारको मूल्य बढाउने

जनवरीबाट सुजुकीले सबै मोडलको कारको मूल्य बढाउने

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं ।  भारतको अग्रणी अटो निर्माता कम्पनी मारुती सुजुकीले ग्राहकलाई ठूलो झट्का दिएको छ। कम्पनीले आफ्ना सबै मोडलको मूल्य बढाउने घोषणा गरेको हो। यसको मतलब मारुती सुजुकीका गाडी किन्न महँगो हुनेछ।

    images
    images

    कम्पनीले आगामी वर्षदेखि मारुतीका सबै मोडलको मूल्य बढाउने घोषणा गरेको छ। मारुतीका सबै गाडी अर्को वर्ष अर्थात् जनवरीदेखि महँगो हुने भएका छन्।कम्पनीले बम्बई स्टक एक्सचेन्जमा दाखिला गर्ने क्रममा यस घोषणाको जानकारी दिएको छ। यसले हरेक मोडलको मूल्यमा असर पर्ने कम्पनीले जनाएको छ।

    बढ्दो लागत र सञ्चालन लागतका कारण सबै उत्पादनको मूल्य बढाउने निर्णय गरेको कम्पनीले जनाएको छ। यो वृद्धि ४ प्रतिशतसम्म हुनेछ र प्रत्येक मोडेलमा फरक प्रभाव हुनेछ। यद्यपि, कम्पनीले लागतलाई अनुकूलन गर्ने र ग्राहकमा पर्ने बोझ कम गर्न निरन्तर काम गरिरहेको कम्पनीले जनाएको छ। तर, मूल्यवृद्धिले बजारमा केही प्रभाव पार्छ।

    images
    images

    मारुती सुजुकीअघि हुन्डाईले पनि आउँदो जनवरीबाट कारको मूल्य बढाउने घोषणा गरेको थियो। प्रत्येक मोडलमा २५ हजार भारुसम्मको वृद्धि घोषणा गरिएको कम्पनीले जनाएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend