images

२०८३ आश्विन २० गते

images
images
images

नेपाल वायुसेवा निगमलाई सुधारको कार्ययोजना पेस गर्न पर्यटनमन्त्रीको निर्देशन

नेपाल वायुसेवा निगमलाई सुधारको कार्ययोजना पेस गर्न पर्यटनमन्त्रीको निर्देशन

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले १५ दिनभित्र सुधारको कार्ययोजना पेस गर्न नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई निर्देशन दिएका छन् ।

    images
    images

    निगमको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री पाण्डेले निगम अहिलेकै अवस्थामा चलाउन नसकिने बताउँदै सुधारको कार्ययोजना पेस गर्न निर्देशन दिको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटनमन्त्री पाण्डेले निगमको सुधारका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै निगमले सुधारको कार्ययोजना पेस गरे त्यसको कार्यान्वयनका लागि मन्त्रालय हरेक कुरामा आगाडि बढ्ने प्रतिबद्धता जनाए ।

    नेपाल वायुसेवा निगमको आम्दानीको मेरुदण्डका रुपमा रहेको ‘ग्राउन्ड ह्यान्डलिङ’ निगमबाट नखोसिने प्रतिबद्धता व्यक्त गर्दै उनले निगमले हवाई सेवाबाट नाफा कमाउने तर्फ लाग्न समेत निर्देशन दिएका छन् । निगमलाई घाटा लगाउने चाइनिज जहाजको व्यवस्थापनमा मन्त्रालय सकारात्मक रहेको उनको भनाइ थियो ।

    images
    images

    निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको समसामयिक गतिविधिबारे अवगत गराउँदै निगमलाई सबल र प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend