images

२०८३ आश्विन २० गते

images
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान भर्न सफल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा महिनामा डेढ सय बढी अन्तर्राष्ट्रिय उडान भर्न सफल

images
images
शुक्रवार, मंसिर २१ २०८१
शुक्रवार, मंसिर २१ २०८१
  • काठमाडौँः मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर एक महिनामा डेढ सयभन्दा बढी अन्तर्राष्ट्रिय उडान भएका छन् । यस क्रममा झण्डै पाँच हजार जनाले हवाई यात्रा गरेका छन् ।

    images
    images

    गौतमबुद्ध विमानस्थलबाट गत कात्तिक १८ देखि मङ्सिर १८ गतेसम्म चार हजार सात सय ७१ यात्रुले सेवा लिएको उक्त विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।

    उनका अनुसार एक महिनाको अवधिमा फलाई दुबईले सर्वाधिक उडान भरेको छ । तर यात्रुका हिसाबले एक महिनामा जजिरा एयरवेजले सबैभन्दा धेरै तीन हजार ३४ यात्रुलाई सेवा दिएको छ । यस्तै फलाई दुबईले एक हजार एक सय १३ यात्रु भैरहवा ओरालेको र भैरहवाटबा १९ जनालाई दुबई लगेको तथ्याङ्क छ ।

    images
    images

    गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ एक महिनामा दुई हजार दुई सय ३८ यात्रु भैरहवाबाट विदेश उडेका छन् भने दुई हजार पाँच सय ३३ यात्रु भैरहवा ओर्लिएका छन् । साथै एक महिनामा भैरहवालाई ट्रान्जिट बनाएर पाँच हजार चार सय ६७ यात्रु उडेको महाप्रबन्धक तिवारीले जानकारी दिए । एक महिनामा कूल एक सय ५६ उडान अवतरण भएका विमानस्थलले जनाएको छ ।

    थाइ एयर एसियाले चार सय ४७ यात्रुलाई सेवा दिएको छ भने कतारले ९३ र नेपाल एयरलाइन्सले ३९ यात्रुलाई सेवा दिएको छ । महाप्रबन्धक तिवारीका अनुसार पर्यटकीय उद्देश्यले भन्दा श्रम गन्तव्यमा उडान गर्ने यात्रु उल्लेखनीय रहेको र धेरै यात्रुको छनोटको गन्तव्य कुवेत रहेको पाइएको छ ।

    अर्कोतर्फ, बजेट एयरलाइन्सले फूल सर्भिस एयरलाइन्स भन्दा धेरै यात्रु बोकेको अध्ययनले देखाएको छ । सिधा र लो–कस्ट एयरलाइन्स, त्यसमा पनि श्रम गन्तव्य धेरैको छनोटमा रहेको पाइएको हुँदा वायुसेवा कम्पनीले बिजनेसलाई प्राथमिकता दिने भएकाले आगामी दिनमा यसैका आधारमा मार्केटिङ र विजनेस अनुकूल रणनीति बनाउनुपर्ने आवश्यकता रहेको विमानस्थलको निष्कर्ष छ ।

    पछिल्ला दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई दिगो र प्रभावकारी बनाउन सघंीय र प्रदेशस्तरीय मन्त्रीदेखि विभिन्न सरोकारवाला निकाय एवं सघंसंस्था सँग नियमित जसो छलफल र अन्तरक्रिया भइरहेको विमानस्थलले जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend