images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • नेपालको सबैभन्दा महँगो बीएमडब्ल्यू गाडी ल्याएको...

नेपालको सबैभन्दा महँगो बीएमडब्ल्यू गाडी ल्याएको एक हप्ताभित्र बिक्री

नेपालको सबैभन्दा महँगो बीएमडब्ल्यू गाडी ल्याएको एक हप्ताभित्र बिक्री

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । नेपालको सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i एक हप्ताभित्र बिक्री भएको छ ।

    images
    images

    नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एक मात्र आधिकारिक आयातकर्ता र डिलर, लक्ष्मी प्रिमियम मोटर्सले ७ करोड पर्ने देशकै सबैभन्दा महँगो लक्जरी गाडी BMW X7 xDrive 40i ल्याएको एक हप्ताभित्र बिक्री गरेको हो ।

    कम्पनीका अनुसार यो मोडल कार्तिक २९, २०८१ मा नेपाल आयात गरिएको थियो । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, मजबूती, सुरक्षा, शक्ति, र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो ।

    images
    images

    कम्पनीले जनाएअनुसार BMW X7 xDrive 40i को छोटो समयमा भएको सफल बिक्रीले नेपालमा प्रिमियम गाडीहरूको बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ ।

    यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend