images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • धितोपत्र बोर्डमा दुई कम्पनीले आईपीओ...

धितोपत्र बोर्डमा दुई कम्पनीले आईपीओ निष्कासनका लागि दिए निवेदन

धितोपत्र बोर्डमा दुई कम्पनीले आईपीओ निष्कासनका लागि दिए निवेदन

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । आईपीओ निष्कासनको अनुमति माग गर्दै स्टार माइक्रो इन्स्योरेन्स लिमिटेड र हिम पर्वत हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

    images
    images

    स्टारले मङ्सिर ९ गते र हिम पर्वतले मङ्सिर ५ गते बोर्डमा आईपीओ निष्कासनका लागि आवेदन दिएको हो । स्टार माइक्रोले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। 

    कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले शेयर निष्कासन गर्ने भएको छ। शेयर निष्कासनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

    images
    images

    त्यस्तै हिमपर्वतले ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्कासन गर्न अनुमति मागेको हो। कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले शेयर निष्कासन गर्ने भएको छ । शेयर निष्कासनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

    हिम पवर्तले दोलखामा २० मेगावाटको सागु खोला जलविद्युत आयोजना र ५.५ मेगावाटको सागु खोला १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend