images

२०८३ आश्विन २९ गते

images
images
images
  • बैंक वित्त
  • बैंकको निक्षेप घट्यो, अन्य सूचकको अवस्था...

बैंकको निक्षेप घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

बैंकको निक्षेप घट्यो, अन्य सूचकको अवस्था कस्तो ?

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । नेपाल राष्ट्र बैंकको मंसिर १७ गतेको तथ्यांकअनुसार बैंकिङ निक्षेप २ अर्ब रुपैयाँले घटेको छ । 

    images
    images

    अघिल्लो दिन मंसिर १६ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन भएको थियो । मंसिर १७ गते बैंकिङ प्रणालीमा ६६ खर्ब ३८ अर्ब रुपैयाँ निक्षेप रहेको छ।  यसरी हेर्दा बैंकिङ प्रणालीको निक्षेपमा एकदिनमा २ अर्बको गिरावट देखिएको छ । 

    त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संलकन गर्ने निक्षेप संकलन ३ अर्ब रुपैयाँले घटेको छ । मंसिर १६ गते ५९ खर्ब ५ अर्ब ६ अर्ब निक्षेप संकलन गरेका बैंक तथा वित्तीय संस्थाले १७ गते ५९ खर्ब ३ अर्ब संकलन गरेका छन् ।

    images
    images

    सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह २ अर्बले बढेको छ । मंसिर १६ गते ५३ खर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा १७ गते ५३ खर्ब १० अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् ।त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा प्रवाह पनि १ अर्बले बढेको छ । अघिल्लो दिन ४७ खर्ब २ अर्ब रुपैयाँ प्रवाह गरेका वाणिज्य बैंकहरुले १७ गते ४७ खर्ब ३ अर्ब बराबरको कर्जा प्रवाह गरेका छन् ।

    केन्द्रीय बैंकका अनुसार सो समयमा बैंकहरुको औसत सिडी रेसियो ७८.७४ प्रतिशत रहेको छ । त्यस्तै, अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend