images

२०८३ आश्विन १८ गते

images
images
images

पोखरामा एक्सपेङ ईभी सार्वजनिक

पोखरामा एक्सपेङ ईभी सार्वजनिक

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । नेपाली विद्युतीय सवारी साधनको वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ पोखरामा सार्वजनिक गरेको छ । यससँगै सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ। 

    images
    images

    यो लञ्चले नेपालमा एक्सपेङको उपस्थिति थप विस्तार गरेको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक, वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ।उद्घाटनका क्रममा, अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ वटा जी ६ एसयुभी पनि हस्तान्तरण गरेको छ।यस लञ्च कार्यक्रममा एक्सपेंगको नयाँ जी ६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ । 

    जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण E-NCAP मा ५- स्टार रेटिङ प्राप्त गरेको छ । यसले स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0 संरचना, नियमित ओटीए अपडेटहरू, अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर-फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ। 

    images
    images

    जी६ को मोटर पावर १९० किलोवाट र टर्क 440 एनएम छ, जसले ६६ किलोवाट ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ । यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा 50:50 तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि एल्युमिनियम डाइ-कास्ट बडी, र ९-आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले G6 लाई विशिष्ट बनाउँछ।

    सीजी मोटर्सले हालसालै ग्राहक सेवालाई थप प्राथमिकता दिँदै बागडोल, काठमाडौंमा आफ्नो अत्याधुनिक सेवा केन्द्र उद्घाटन गरेको छ । साथ साथै सीजी मोटर्सले २४/७ सडक सहायताका लागि हटलाइन नम्बर +९७७ ९७०७०९४२०७ मार्फत प्रदान गरिने सीजी केयर्स सेवा पनि प्रस्तुत गरेको छ । पोखराका ग्राहकहरूले पनि यो सीजी केयर सुविधाबाट लाभ लिन सक्नेछन् । सीजी मोटर्सले ग्राहकहरूलाई विशेष सेवा कुशलतापूर्वक प्रदान गर्दै आइरहेको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend