images

२०८३ आश्विन २१ गते

images
images
images
  • अर्थतन्त्र
  • बिटक्वाइनको मूल्य हालसम्मकै उच्च, एउटैको मूल्य...

बिटक्वाइनको मूल्य हालसम्मकै उच्च, एउटैको मूल्य एक करोड ३४ लाख बढी

बिटक्वाइनको मूल्य हालसम्मकै उच्च, एउटैको मूल्य एक करोड ३४ लाख बढी

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौं । बिटक्वाइनको मूल्य पहिलो पटक एक लाख डलर (*एक करोड ३४ लाख रुपैयाँ) नाघेको छ । अमेरिकामा ४७औं राष्ट्रपति निर्वाचन सम्पन्न भएयता ४५ प्रतिशतले मूल्य वृद्धि हुँदा बिटक्वाइनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    images
    images

    यसको पछाडि डोनाल्ड ट्रम्पको विजयलाई मुख्य आधार मानिएको छ । त्यस्तै धेरै क्रिप्टो कम्पनीहरूमाथि कानुनी कारवाही गरिरहेको नियामक संस्था सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनका अध्यक्ष गेरी गेन्स्लर पदबाट हट्दा पनि बिटक्वाइनको मूल्य बढेको छ । 

    ट्रम्पको क्रिप्टो सम्बन्धी धारणा वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको भन्दा निकै फरक देखिन्छ । बाइडेन प्रशासनले क्रिप्टो कम्पनीहरूमा व्यापक दमन गर्दै आएको बताइन्छ । यता ट्रम्पले भने अमेरिकालाई 'विश्वको बिटक्वाइन सुपरपावर' बनाउने वाचा गरेका छन् ।

    images
    images

    यद्यपि डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको मूल्य निकै अस्थिर हुने गर्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend