images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म...

प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निःशुल्क पेट्रोल पाइने

प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निःशुल्क पेट्रोल पाइने

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • काठमाडौँ । प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले एक्स ७० र एक्स ५० मोडलमा अफर ल्याएको छ । जसअन्तर्गत प्रोटोन ब्रान्डका एसयुभी खरिदमा ५ वर्षसम्म निशुल्क पेट्रोल पाइने भएको हो । अफर डिसेम्बर २०२४ सम्मका लागि लागू हुने जनाइएको छ ।

    images
    images

    निःशुल्क पेट्रोल बाहेक ग्राहकले इन्सुरेन्स, २ वर्षसम्मको सर्भिसिङ शुल्कमा छुटका साथै ५ वर्षको वारेन्टी र आकर्षक एक्सचेन्ज बोनस समेत पाउनेछन् ।

    मलेशियन ब्रान्ड प्रोटोनको एक्स५० कुल तीन भेरिएन्टमा बिक्री हुँदै आएको छ । जसअनुसार स्ट्यान्डर्ड भेरिएन्टको मुल्य ७२ लाख, प्रिमियमको ८० लाख र फ्ल्यागशिपलाई ८५ लाख रुपैयाँ पर्छ । यो एसयुभीमा १।५ लिटर टर्बोचार्जड पेट्रोल इन्जिन जडान गरिएको छ ।

    images
    images

    यसैगरी, अर्को प्रिमियम मोडल एक्स७० मा पनि १।५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन नै जडान गरिएको छ । यो एसयुभी टु–ह्विल र फोर ह्विल दुबै भेरिएन्टमा उपलब्ध छ भने मूल्य ८७ देखि १ करोड ५ लाखसम्म कायम गरिएको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend