काभ्रे। धुलिखेल,नेपालमा अकल्ट साइन्सको शिक्षा दिने संस्था संस्कार एकेडेमीले ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको विशेष प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ। एकेडेमीले अनलाइन प्रबिधिबाट ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना आफ्ना विघार्थीहरुलाई दीक्षित समेत गरेको छ। ’घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडी बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र बैज्ञानिक रुपमा काम गर्न सक्ने ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ। संस्कार एकेडेमी वास्तु बाहेक ज्योतिष, अंक ज्योतिष, हस्ताक्षर विश्लेषण, बैज्ञानिक लोगो तथा भिजिटिंग कार्ड डिजाइन, एन एल पी तथा हिप्नोसीस लगायत अन्य धेरै विधामा व्यवसायिक रुपमा काम गर्ने जनशक्ति उत्पादन गर्दै आइरहेको संस्था हो।
आफ्ना विघार्थीहरुलाई अहिलेको समय अनुसार आधुनिक र बैज्ञानिक रुपमा बास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययन पश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विघार्थीहरुलाई वास्तुको हरेक प्रकारको बैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने नबिनतम प्रबिधि र उपकरणहरुमा समेत दक्ष बनाउने उदेश्यले संस्कार एकेडेमीले यस्तो कार्यक्रम गर्दै आईरहेको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताउनु भयो।
डा. कुलबहादुर गुरुङले सहरीकरण गरेको कार्यक्रममा इञ्जिनिएरहरु सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुबिद्लाई आवश्यक पर्ने इञ्जिनिएरिङ्गको ब्यबहारिक ज्ञान दिनु भएको थियो। आचार्य राजा बाबु शाह बाट योगा, ध्यान, अंक ज्योतिष, स्वर बिज्ञानको थप सेसनमा अतिरक्त ज्ञान पाएपछि सहभागीहरुले खुशी प्रकट गरे। कार्यक्रममा कोच आशा शाहले ’ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिनु भएको थियो ।
वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, अर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवत्ता, ब्याङ्कर लगायत अन्य बिबिध पेशा र व्यवसायका मानिसहरु कार्यक्रम बाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन्। वास्तु धार्मिक बिषय नभएर हरेक मानिसको घर र जीवन सग जोडिएको उर्जा विज्ञान भएकोले यसप्रति सबैको रुचि बढदैछ ।
काभ्रे, धुलिखेल स्थित सारथी होटेल मा मङ्सिर १३ गते देखि ३ दिन सम्म चलेको कार्यक्रममा देशै भरिबाट वास्तु पढिरहेका सहभागीहरु दीक्षित हुन् पुगेका थिए। नेपालमा वास्तु सम्बन्धि यतिको ठुलो कार्यक्रम यस भन्दा अघि सायदै भएको थियो।




.gif)





