images

२०८३ आश्विन २० गते

images
images
images

तारा एयरबाट सुर्खेत–कर्णालीका तीन जिल्लामा उडान शुरु

तारा एयरबाट सुर्खेत–कर्णालीका तीन जिल्लामा उडान शुरु

images
images
बिहिवार, मंसिर २० २०८१
बिहिवार, मंसिर २० २०८१
  • मुगु । तारा एयरले सुरू गर्यो सुर्खेत बाट कर्णालीका तीन जिल्लामा उडान शुरुभएको छ । लामो समय देखि सुर्खेत बिमानस्थलबाट उडान नभएका कर्णालीका तीन जिल्लामा बुधबारबाट तारा एयरलाइन्सले उडान सुरू गरेको छ ।

    images
    images

    सुर्खेतबाट कर्णालीका हुम्ला,मुगु र जुम्लामा तारा एयरले उडान सुरु गरेको हो। हवाई सेवाको सुविधा पाएपछि सुर्खेतमा बसोबास गर्दै आएका स्थानीय र विद्यार्थी हर्षित भएका छन् ।

    सुर्खेतबाट कर्णालीका तीन जिल्लामा हिमाली टुर्स एण्ड ट्राभल्सले उडानको जिम्मा लिएको छ । हप्तामा बुधबार र शनिबार सिमीकोट,जुम्ला र रारा बिमानस्थलमा उडान गर्ने  तारा एयर नेपालगञ्जका स्टेसन इन्चार्ज सूर्यमणी सुवेदीले जानकारी दिएका छन् । 

    images
    images

    सुवेदीका अनुसार सुर्खेत–सिमिकोट ८ हजार, सुर्खेत –रारा ६ हजार ५ सय र सुर्खेत–जुम्ला ६ हजार ५ सय भाडादर निर्धारण  गरिएको छ। आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सुर्खेतबाट व्यवसायिकरुपमा उडान सुरू गरिएको हिमाली टुर्स एण्ड ट्राभल्सका प्रबन्ध निर्देशक मिनबहादुर रावलले जानकारी दिएका छन ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend