नेपालका भेट्रान ओलम्पिक म्याराथन धावक तथा ३ पटक दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता श्री बैकुण्ठ मानन्धरबाट डाफोडिल कप अन्तर विद्यालय बास्केटबल एवं फुटसल प्रतियोगिता –२०८१ को नयाँपाटी, सुन्दरीजल स्थित स्पोर्टस् कम्प्लेक्स काठमाडौंमा एक समारोह विच शुभारम्भ गर्नुभयो ।
उद्घाटनको अवसरमा भएको महिला विद्यार्थीको बास्केटबल प्रतियोगितामा डाफोडिल महिला विद्यार्थी टिमले इनोभेटिभ विरुद्ध २४–१३ को अंकले विजय हासिल गरे । त्यस्तै पुरुष तर्फको बास्केटबल प्रतियोगितामा विल्सन एकेडेमीले इनोभेटिभलाई ४५–१९ र बौद्ध इन्टरनेशनल स्कूलले महिला तर्फ चेल्सिया विरुद्ध २०–१२ विजय हासिल गरे ।
सोहि दिन भएको पुरुष फुटसलको प्रतियोगितामा युरो स्कूल हात्तिगौंडाले डाफोडिल पब्लिक स्कूललाई र डाफोडिल बोर्डिङ्ग स्कूलले क्रमस १–०, १–० विजय हासिल गरे ।
पुरुष तर्फ यू१४ को समुहमा विल्सन एकेडेमीले डिविएस वी टिमलाई १–० ले पराजित गरे । सोहि दिन भएको यू१६ समुहको खेलमा चेल्सिया वल्र्ड स्कूलले इनोभेटिलाई ८–० को भारी अन्तरले पराजित गरे । यसै समुहको अर्को खेलमा डाफोडिल पब्लिक स्कूलले डिविएस बी लाई ५–१ को अन्तरले पराजित गरे । प्रारम्भिक चरणको शिक्षकहरुको सबै फुटसल प्रतियोगिताहरु हुनेछ ।




.gif)





