images

२०८३ आश्विन ३० गते

images
images
images
  • शेयर
  • एनआइएमबि एस क्यापिटलले बोलायो साधारण...

एनआइएमबि एस क्यापिटलले बोलायो साधारण सभा

एनआइएमबि एस क्यापिटलले बोलायो साधारण सभा

images
images
शुक्रवार, मंसिर १४ २०८१
शुक्रवार, मंसिर १४ २०८१
  • काठमाडौं । एनआइएमबि एस क्यापिटल लिमिटेडले पुस ५ गते १२औं वार्षिक साधारण सभा बोलाएको छ ।

    images
    images

    मंसिर १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाट, काठमाडौंमा विहान ११ः३० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा २५ प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पनि कम्पनीले सभाका लागि तय गरेको छ ।

    साथै गत आर्थिक वर्षमा संस्थागत सामाजीक उत्तरदायित्व अन्तर्गत खर्च भएको रकम अनुमोदनको प्रस्ताव पनि कम्पनीले गरेको छ । यो कम्पनी मर्चेण्ट बैंकरको रुपमा सञ्चालनमा रहेको छ ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend