काठमाडौं - हाल सञ्चालनमा रहेका १४ वटा निर्जीेवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८१\८२ को कात्तिक महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरूले १४ अर्ब बढी कुल बीमाशुल्क संकलन गरेका छन् ।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यस अवधिमा कम्पनीले १ अर्ब ७७ करोड रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।
त्यस्तै, दोस्रो नम्बरमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले एक अर्ब ४६ करोड रुपैयाँ र तेस्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले एक अर्ब ४१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
साथै, नेको इन्स्योरेन्सले एक अर्ब १५ करोड रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले एक अर्ब १४ करोड रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले एक अर्ब १३ करोड रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ९४ करोड १९ लाख रुपैयाँ बराबरबको व्यवसाय गर्न सफल भएका छन् ।
त्यस्तै, ओरिएण्टल इन्स्योरेन्सले ९२ करोड ८६ लाख रुपैयाँ, यूनाइटेड अजोड इन्स्योरेन्सले ८४ करोड १ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले ७८ करोड ६८ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ७७ करोड ९३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।
S.N. Companys Name Upto 2081 Kartik
1 Nepal Insurance 7,868.76
2 The Oriental Insurance 9,286.72
3 Rastriya Beema Company 6,149.91
4 National Insurance 4,903.93
5 Neco Insurance 11,527.45
6 Prabhu Insurance 6,275.31
7 Shikhar Insurance 14,103.01
8 NLG Insurance 9,419.45
9 Himalayan Everest Insurance 11,498.73
10 Sanima Gic Insurance 7,793.38
11 Siddhartha Premier Insurance 14,626.73
12 Sagarmatha Lumbini Insurance 17,767.93
13 IGI Prudential Insurance 11,349.16
14 United Ajod Insurance 8,401.84
Total 140,972.31




.gif)





