images

२०८३ आश्विन १७ गते

images
images
images

भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि

भक्तपुरमा गतवर्ष भन्दा राजश्व संकलनमा वृद्धि

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं ।  आन्तरिक राजश्व कार्यालय जगाती भक्तपुरले चालू आर्थिक वर्षको प्रथम चौमासिकमा गत आर्थिक वर्ष भन्दा वढी राजश्व संकलन गर्न सफल भएको छ ।

    images
    images

    कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा एक अर्ब ५० करोड ९६ लाख ४१ हजार राजश्व संकलन भएको छ । तथापि यो लक्ष्यको ७७ प्रतिशत मात्रै उपलब्धि हो ।

    कार्यालयले राखेको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउनदेखि कार्तिक महिनासम्म) मा एक अर्ब ९५ करोड ८६ लाख ५५ हजार राजश्व उठाउने लक्ष्य रहेका थियो ।

    images
    images

    कार्यालय प्रमुख दीलिपकुमार गौतमले चालू आवको प्रथम चौमासिकमा गतवर्ष भन्दा धेरै कर संकलन भए पनि लक्ष्यभन्दा कम अर्थात् लक्ष्यको ७७ प्रतिशत मात्रै कर उठाउन सफल भएको जानकारी गराए ।

    उनका अनुसार चालू आर्थिक वर्ष २०८१-८२ मा गत आर्थिक वर्ष २०८०-८१ मा असुलीको आधारमा यसवर्ष २५ प्रतिशत थप गरी वर्षभरिमा ६ अर्ब ९ करोड १९ लाख ८३ हजार राजश्व उठ्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षभरिमा कार्यालयले ४ अर्ब ८६ करोड ५२ लाख ५१ हजार उठाउन सफल भएको थियो । उक्त आर्थिक वर्षमा ५ अर्ब ७६ करोड २९ लाख ४१ हजार राजश्व उठाउने लक्ष्य रहेको थियो ।

    कार्यालयका कर अधिकृत सराजेकुमार सिंहले चालू आर्थिक वर्षमा लक्ष्य अनुसार प्रगति हासिल हुने आशा व्यक्त गरे । त्यसका लागि त्यही गतिमा लागिपरेका छौं, उनले थपे, आशा छ, हामी सबैको सहकार्यबाट यो सम्भव हुनेछ । 

    कार्यालयका अनुसार कार्यालयमा करदाताको जम्मा सङ्ख्या व्यवसायतर्फ ४३ हजार चार सय ३३ रहेकोमा व्यक्तिगततर्फ एक लाख पाँच हजार ६ सय ६५ रहेको छ । यस आव साउनदेखि कार्तिक मसान्तसम्ममा व्यवसायतर्फ नौ सय १६ र व्यक्तिगततर्फ चार हजार पाँच सय ८१ करदाताहरू दर्ता भएका छन् ।  नेपाल सरकारले यसवर्ष देशभरि मंसिर १ गतेदेखि ७ गतेसम्म १३ औं राष्टिय कर दिवस २०८१ मनाएको थियो । यो वर्षको दिवसको नारा कर प्रणालीको सार, लगानीको आधार रहेको थियो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend