images

२०८३ आश्विन १६ गते

images
images
images

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

नेपालबाट साढे १२ करोडको यार्सागुम्बा निर्यात

images
images
मंगलवार, मंसिर ११ २०८१
मंगलवार, मंसिर ११ २०८१
  • काठमाडौं - चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा यार्सागुम्बा निर्यात हुँदा साढे १२ करोड भित्रिएको छ । 

    images
    images

    सो अवधिमा ३३४ किलो  यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको छ । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ । 

    यसै गरी ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा सिङ्गापुर, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार  रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको जापानमा निर्यात भएको तथ्याङ्कमा उल्लेख छ  । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend