images

२०८३ आश्विन २० गते

images
images
images
  • विमा
  • बीमा दाबी भुक्तानीमा कडाई, हेरफेर भएका...

बीमा दाबी भुक्तानीमा कडाई, हेरफेर भएका व्यवस्थाहरु के-के हुन् ?

बीमा दाबी भुक्तानीमा कडाई, हेरफेर भएका व्यवस्थाहरु के-के हुन् ?

images
images
सोमवार, आषाढ १७ २०८१
सोमवार, आषाढ १७ २०८१
  • काठमाडौं । नेपाल बीमा प्राधिकरणले दावी भुक्तानी प्रक्रियामा हेरफेर गरेको छ ।

    images
    images

    प्राधिकरणले बीमा दावी भुक्तानी मार्गदर्शन, २०८१ मार्फत दावी प्रक्रियाको केही व्यवस्थामा हेरफेर गरेको हो । बीमा ऐन, २०९ को दफा ५ को खण्ड (घ) तथा दफा १६६ बमोजिमको अधिकार प्रयोग गरि बीमा दाबी भुक्तानी मार्गदर्शन, २०८१ लागू गरेको छ ।

    बीमा दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा व्यवस्थित बनाई बीमितको हित रक्षाका लागि सो मार्गदर्शन जारी गरिएको प्राधिकरणल जनाएको छ। भुक्तानीका लागि बीमा कम्पनीहरुले दाबी विभाग गठन गनुपर्नेछ । मार्गदर्शनमा भनिएको छ,‘बीमकले आफ्नो संगठन संरचना अन्तर्गत दाबी विभाग गठन गर्नुपर्नेछ । विभागमा विभागीय प्रमुखसहित आवश्यक कर्मचारी नियुक्ति गनुपर्नेछ ।’

    images
    images

    दाबी भुक्तानी गर्ने अधिकार बीमा कम्पनीका संचालक समितिले तोकिदिए बमोजिम हुनेछ । बीमकले गर्ने दावी भुक्तानी सम्वन्धी काम कारवाहीलाई प्रभावकारी रुपमा संचालन गर्न संचालक समितिबाट दाबी भुक्तानी उपसमिति गठन गर्नुपर्ने प्राधिकरणले जनाएको छ । अधिकार आवश्यकता अनुसार प्रादेशिक, शाखा तथा उपशाखा कार्यालयहरुलाई प्रत्याजोजन गर्नुपर्ने उल्लेख छ।

    यस्तै, बीमकले मार्गदर्शनको अधीनमा रही दाबी फर्छयौट कार्यविधि बनाई लागू गर्नुपर्ने छ भने भुक्तानीको त्रैमासिक विवरण प्रत्येक तीन महिना समाप्त भएको मितिले १५ दिनभित्र प्राधिकरणमा प्रतिवेदन बुझाउनुपर्ने छ।

    download.png
    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend