images

२०८३ आश्विन १९ गते

images
images
images

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा कालोपत्र गरिँदै

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डमा कालोपत्र गरिँदै

images
images
शुक्रवार, मंसिर ७ २०८१
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौं, ७ मंसिर । मुग्लिन–पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक देखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।

    images
    images

    मुग्लिन– पोखरा सडक योजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार यसअघि एक तहको कालोपत्र भइसकेको स्थानमा अन्तिम चरणको कालोपत्र थालिएको हो । हाल सम्म दुई दशमलव चार किलोमिटर कालोपत्र सकिएको छ ।

    पूर्वी खण्ड अन्तर्गत ६३ किलोमिटर कालोपत्र भएको छ । त्यसमध्ये २९ किलोमिटर खण्डमा चार लेन र पाँच किलोमिटर खण्डमा दुई लेन कालोपत्र भएको छ । पूर्वी खण्ड अन्तर्गत दमौलीको बुल्दीपुल देखि घाँसीकुवा क्षेत्रमा पनि केही दिनमा कालोपत्र गरिने इञ्जिनियर पाण्डेले बताए। दमौली बजारमा सडक विस्तार निर्माण भइरहेको छ ।

    images
    images

    यो सडकको पूर्वी खण्डमा हाल सम्म ६८ प्रतिशत प्रगति भएको छ । यसमा १४ वटा साना पुल निर्माण भएका छन् । यो खण्ड रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारको लागतमा निर्माण हुँदैछ ।रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend