images

२०८३ आश्विन १७ गते

images
images
images

समृद्धि फाइनान्सको २३ औं साधारणसभा सम्पन्न

समृद्धि फाइनान्सको २३ औं साधारणसभा सम्पन्न

images
images
बिहिवार, मंसिर ६ २०८१
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ — समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २३ औं साधारणसभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न गरेको छ ।

    images
    images

    सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत हुने अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने, वासलात, नाफा नोक्सान र नगद प्रवाह विवरण माथि छलफल गर्ने, आव २०८१ /८२ लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने लगायतका एजेन्डाहरु छलफल सहित पारित गरेको छ।

    साधारण सभामा अध्यक्षले सञ्चालक समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

    images
    images

    नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल १३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ भने आरटिजिएस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ र मोबाइल बैंकिंङ, डेबीट कार्ड, क्यू .आर कोड जस्ता डिजिटल सुविधाहरु प्रदान गरिरहेको छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend