images

२०८३ आश्विन १९ गते

images
images
images

तनहुँमा जाडोमा पनि रोकिएन डेंगु सङ्क्रमण

तनहुँमा जाडोमा पनि रोकिएन डेंगु सङ्क्रमण

images
images
बुधवार, मंसिर ५ २०८१
बुधवार, मंसिर ५ २०८१
  • तनहुँ । जाडो मौसम सुरु भएपनि तनहुँमा डेंगु सङ्क्रमण कायमै छ । डेंगुको सङ्क्रमण दश वटै पालिकामा फैलिरहेको छ । जिल्लामा  पाँच हजारभन्दा बढीमा डेंगुकाे सङक्रमण पुष्टी भइसकेको छ ।

    images
    images

    डेंगुबाट सहरी क्षेत्र बढी प्रभावित भएको छ । डेंगुको सङ्क्रमणबाट एक जनाले ज्यान गुमाएका छन् । व्यास नगरपालिका–७ का ५० वर्षीय पुरुषले भदौमा ज्यान गुमाएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । 

    चालु आर्थिक वर्षमा हाल सम्ममा जिल्लामा पाँच हजार एक सय ८० मानिसमा डेंगु सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले बताउनुभयो । सङ्क्रमण बढेसँगै अस्पतालहरूमा विरामीको चाप बढेको अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार सबैभन्दा धेरै व्यास नगर पलिाकामा सङ्क्रमण फैलिएको छ ।

    images
    images

    व्यासमा दुई हजार ४५ जनामा सङ्क्रमण भएको छ । त्यसपछि आँबुखैरेनी गाउँ पालिकामा धेरै विरामीमा छन् । आँबुमा एक हजार सात सय ३७ जना बिरामी भएका छन् । शुक्लागण्डकी नगरपालिकामा आठ सय ७९ जना बिरामी भएका छन् । बन्दीपुर गाउँपालिकामा  एक सय ८९ जना र भिमाद नगरपालिकामा ९८ जनामा सङ्क्रमण भएको छ । भानु नगरपालिकामा ४८, म्याग्दे गाउँपालिकामा ४५ जनामा सङ्क्रमण भएको छ ।  ऋषिङ गाउँपालिकामा पाँच, घिरिङ गाउँपालिकामा छ,  देवघाट गाउँपालिका ८९ जनामा सङ्क्रमण भएको छ । 

    अन्य जिल्ला घर भइ तनहुँमा बसोबास गर्ने ३० जनामा सङ्क्रमण भएको छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौँ र नष्ट गरौँ’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।  सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले समेत  डेंगु रोग विरुद्धको अभियान गरिरहेको छ ।

    जोगिनका लागि सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन् । लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको व्यास नगर अस्पतालको प्रमुख डा। नबिना न्यौपाने बताउनुहुन्छ । डेंगुको सङ्क्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकाले पानी जम्न नदिएर वासस्थान ध्वस्त बनाएर लामखुट्टेलाई नष्ट गर्नुपर्ने उहाँ बताउनुहुन्छ । न्यौपानेका अनुसार बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांसपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु डेंगुको लक्षण हो ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend