images

२०८३ कार्तिक १४ गते

images
images
images

मेची करिडोरको ठेक्का रद्द

मेची करिडोरको ठेक्का रद्द

images
images
बिहिवार, कार्तिक १२ २०८३
बिहिवार, कार्तिक १२ २०८३
  • काठमाडौँ, १२ कात्तिक । मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता रद्द गरिएको छ ।

    images
    images

    पूर्वाधार विकास मन्त्रालयका अनुसार रु २७ करोड २२ लाख लागतको सो आयोजना २०८० पुस २९ गतेभित्र सम्पन्न हुनुपर्नेमा पटकपटक म्याद थप गर्दा पनि ४७ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । पछिल्लो सात महिनामा तीन प्रतिशतभन्दा कम प्रगति भएपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजनबाट ठेक्का सम्झौता रद्द गरेको हो ।

    इलामस्थित सडक डिभिजन कार्यालयले आर्थिक वर्ष २०८१।८२ देखि हालसम्म १२ वटा ठेक्का सम्झौता अन्त्य गरिसकेको छ । यस क्रममा निर्माण व्यवसायीबाट पेस्की बापतको रु दुई करोड ३८ लाख असुल गरिएको छ भने रु छ करोड ७९ लाखको कार्यसम्पादन जमानत जफत गर्न सम्बन्धित बैंकलाई पत्राचार गरिएको छ।

    images
    images

    ठेक्का सम्झौता अन्त्य गरिएको सडकखण्डको निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत सहमति र बहुवर्षीय ठेक्का सहमति प्राप्त गरी नयाँ ठेक्का प्रक्रिया अघि बढाइने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend