images

२०८३ कार्तिक ९ गते

images
images
images

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • नारायणगढ (चितवन), ८ कात्तिक । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ ।

    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष सवारी दुर्घटना करिब ७३ प्रतिशतले कमी आएको हो ।

    कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२।८३ को दसैँ अवधिमा जिल्लामा ३३ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो भने ५८ जना घाइते भएका थिए । चालु आर्थिक वर्ष २०८३।८४ को दसैँ अवधिमा भने नौ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

    images
    images

    गत वर्षको तुलनामा यस वर्ष दुर्घटनाको सङ्ख्या २४ वटाले घटेको छ । त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७५ प्रतिशत र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घटेको छ ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले प्रविधिको प्रयोग, कडाइका साथ गरिएको सवारी जाँच, चुस्त सुरक्षा व्यवस्था र ट्राफिक सचेतनाका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताएका छन् ।

    उनका अनुसार जिल्लाका मुख्य स्थानमा जडान गरिएका सिसिटिभी क्यामेराबाट निगरानी, ट्राफिक प्रहरीद्वारा बडी वोर्न क्यामेराको प्रयोग तथा मुख्य सडकखण्डमा कडाइका साथ गरिएको सवारी जाँचले दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याएको छ ।

    साथै चाडपर्वका समयमा सुरक्षा व्यवस्थालाई चुस्त बनाउनु र निरन्तर ट्राफिक सचेतना अभिवृद्धि गर्नुले पनि दुर्घटना तथा मानवीय क्षति घटाउन योगदान पु¥याएको प्रमुख थापाले जानकारी दिएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend