images

२०८३ कार्तिक ९ गते

images
images
images
  • समाचार
  • कात्तिक १० देखि १५ गतेसम्म देशभर...
धान भित्र्याउँदा सतर्क रहन आग्रह

कात्तिक १० देखि १५ गतेसम्म देशभर वर्षाको सम्भावना,

कात्तिक १० देखि १५ गतेसम्म देशभर वर्षाको सम्भावना,

images
images
आइतवार, कार्तिक ९ २०८३
आइतवार, कार्तिक ९ २०८३
  • काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी कात्तिक १० देखि १५ गतेसम्म देशका अधिकांश भूभागमा वर्षा हुन सक्ने सम्भावना औँल्याएको छ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा पर्न सक्ने देखिएपछि विभागले कृषि, पर्यटन तथा बाह्य गतिविधि सञ्चालन गर्दा मौसमी अवस्थालाई ध्यान दिन आग्रह गरेको छ।

    images
    images

    विभागका अनुसार मंगलबारसम्म देशको मौसम सामान्यतया सफा रहनेछ। त्यसपछि भने मौसमी प्रणालीमा परिवर्तन आउन सक्ने संकेत देखिएको छ। हाल देशको मौसम स्थिर रहे पनि कात्तिक १० देखि १५ गतेसम्म वर्षा गराउने प्रणालीको प्रभाव पर्न सक्ने अनुमान गरिएको हो।

    उक्त प्रणालीका कारण देशका अधिकांश भूभाग प्रभावित हुन सक्ने भए पनि वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न नसकिने विभागले जनाएको छ।

    images
    images

    विभागका अनुसार कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य भूभागमा भने वर्षाको सम्भावना न्यून रहेको छ।

    धान भित्र्याउने समयमा किसानलाई सतर्क रहन आग्रह

    मौसममा हुन सक्ने परिवर्तनले विशेषगरी कृषि क्षेत्रमा प्रभाव पार्न सक्ने देखिएको छ। अहिले धान भित्र्याउने समय भएकाले किसानलाई मंगलबारसम्मको मौसम अनुकूलता हेरेर मात्रै कटानी, सुकाउने तथा भण्डारण सम्बन्धी काम गर्न विभागले आग्रह गरेको छ।

    त्यस्तै, कात्तिक ८ गतेपछि बाह्य कार्यक्रम, भ्रमण तथा कृषि कार्यको योजना बनाउँदा मौसमको सम्भावित अवस्थालाई ध्यानमा राख्न सुझाव दिइएको छ। विभागले पछिल्ला मौसमी पूर्वानुमान तथा अद्यावधिक सूचनाहरू नियमित रूपमा लिनसमेत सर्वसाधारणलाई सचेत गराएको छ।

    मौसम प्रणालीको प्रभाव र वर्षाको मात्रा तत्कालै यकिन गर्न नसकिने भएकाले आगामी दिनमा जारी हुने पूर्वानुमानका आधारमा आवश्यक तयारी गर्नुपर्ने देखिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend