images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • एनपीएलको तेस्रो सिजनको टिकट दर सार्वजनिक,...

एनपीएलको तेस्रो सिजनको टिकट दर सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने

एनपीएलको तेस्रो सिजनको टिकट दर सार्वजनिक, आज राति ८ बजेदेखि बुकिङ खुल्ने

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि टिकट दर सार्वजनिक गरेको छ। क्यानका सचिव पारस खड्काका अनुसार लिग चरणदेखि प्लेअफसम्मका खेलका लागि फरक–फरक टिकट मूल्य निर्धारण गरिएको हो।

    images
    images

    लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ। त्यस्तै, इलिमिनेटर तथा फाइनल खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ तोकिएको छ।

    क्यानका सचिव खड्काका अनुसार प्रतियोगिताको टिकट आज राति ८ बजेदेखि काट्न सकिनेछ।

    images
    images

    एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा आयोजना हुँदैछ।

    प्रतियोगितामा सहभागी टोलीको प्रतिस्पर्धा सँगै टिकट दर र बुकिङ खुल्ने समयले क्रिकेटप्रेमीको ध्यान खिचेको छ।

    टिकट दर एक नजरमाः

        लिग चरण (साधारण) रु. ५००
        लिग चरण (प्रिमियम) रु. १,०००
        इलिमिनेटर तथा फाइनल (साधारण) रु. १,०००
        इलिमिनेटर तथा फाइनल (प्रिमियम) रु. २,०००

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend