images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • साता दिनपछि वर्षा हुन सक्छ, त्रसित...

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैनः मौसमविद्

images
images
बिहिवार, कार्तिक ६ २०८३
बिहिवार, कार्तिक ६ २०८३
  • काठमाडौँ, ५ कात्तिक । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ ।  

    images
    images

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट गरे ।  

    “आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उनले भने, “अहिले सामाजिक सञ्जालतिर साता दिनसम्म वर्षा हुने भनेर फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिन्छन् । मौसमी प्रणाली परिवर्तनशील छ, हल्लाको पछि नलाग्न र त्रसित नहुन सबैमा अनुरोध छ ।”

    images
    images

    मौसमविद् महर्जनका अनुसार नेपालको सन्दर्भमा तीन दिनसम्म पूर्वानुमान धेरै हदसम्म मिल्ने तर साता दिनसम्मको मिल्दैन । “अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ”, उनले भने । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend