images

२०८३ कार्तिक ४ गते

images
images
images
  • कर्पोरेट
  • आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा...

आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’

images
images
मंगलवार, कार्तिक ४ २०८३
मंगलवार, कार्तिक ४ २०८३
  • चितवन, ३ कात्तिक । आइएमई ग्रुपले आफ्नै होटल ब्रान्ड ‘इला’मार्फत नेपालको पर्यटन प्रवर्द्धन तथा पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । अन्तरराष्ट्रिय ब्राण्डमा नेपालमा चलेका अन्य होटलको आधा शुल्कमा सोहीस्तरको सेवा दिएको होटल सञ्चालन गर्दै आएको आइएमई हस्पिटालिटीले जनाएको छ । 

    images
    images

    हस्पिटालिटीले नवलपुरको गैँडाकोटमा ६५ कोठाको इला रिसोर्ट, हर्कपुरमा ३५ कोठाको इला कम्फर्ट, बागलुङ बजारमा ३० कोठाको इला कम्फर्ट सञ्चालन गरिरहेको छ । कैलालीमा सुरुमा २० कोठा र पछि ६५ कोठा थप गर्ने गरी इला लज सञ्चालनमा आउन लागेको छ भने पाल्पाको वसन्तपुरमा १२० कोठाको इला रिसोर्ट सञ्चालनमा ल्याइँदै छ । 

    पोखरामा ३५ कोठाको द लेक साइड रिट्रिट सञ्चालनमा छ भने इला होटल लाजिम्पाट एक सय कोठाको सञ्चालनमा आउने तयारीमा छ । आइएमई समूहको चन्द्रागिरि हिल्स रिसोर्ट भने १२० कोठासहितको छ र लामो समयदेखि सञ्चालनमै रहेको छ ।  

    images
    images

    नवलपुरको गैँडाकोटस्थित इला रिसोर्टमा सोमबार आयोजित पत्रकारसँगको अन्तरक्रियामा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा कामको अनुभव लिएका ३० प्रतिशतभन्दा बढी कर्मचारी आफूहरुसँग रहेको जानकारी दिएका छन् । उनले भने, “अन्तरराष्ट्रियस्तरको सेवा हामी सर्वसुलभ रुपमा दिएका छौँ ।” नेपालमा अन्तरराष्ट्रिय ब्राण्डले लिने शुल्कभन्दा आधा मूल्यमा सोभन्दा राम्रो सेवा आफूहरुले दिएको उनको भनाइ छ । 

    हस्पटालिटीले आफ्नै प्राविधिक तालिम केन्द्र ‘काठमाडौँ टेक्निकल स्कूल’ सञ्चालन गरेर तालिमप्राप्त कुक, वेटर, हाउसकिपिङ उत्पादन गर्दै आएको छ । उनीहरुले ती होटलहरुमा काम गर्दै आएका छन् । अध्यक्ष ढकालले भने, “दक्ष जनशक्तिकै कारण हाम्रा होटलहरु अन्तरराष्ट्रियस्तरका अन्य ब्राण्डसँग प्रतिस्पर्धी बन्न सकेका छन् ।” 

    उच्च गुणस्तर र कम शुल्कमा सेवा दिन सकिएको उनको भनाइ छ । अधिकांश होटलहरु पर्यटकीय गन्तव्यहरुमा छन् । सातै प्रदेशमा अन्तरराष्ट्रियस्तरका पर्यटकीय पूर्वाधार तथा चेन होटल विकास गर्न सके नेपाल आउने पर्यटकको बसाइ अवधि हालको भन्दा दोब्बर बनाउन सकिने सोचका साथ केवलकारसँगै होटलहरु सञ्चालन गर्न थालिएको उनले जानकारी दिएका छन् । 

    अध्यक्ष ढकालले चन्द्रागिरिमा केबलकार, रिसोर्ट, थिमपार्कलगायतका पर्यटकीय पूर्वाधार निर्माणबाट प्राप्त अनुभवले सातै प्रदेशमा यस्ता परियोजना विस्तार गर्न प्रेरित गरेको बताएका छन् । उनले भने, “चन्द्रागिरिजस्तै पर्यटकीय पूर्वाधार कम्तीमा सातै प्रदेशमा बनाउन सकियो भने नेपाल आउने पर्यटकको बसाइ अवधि ठ्याक्कै दोब्बर बनाउन सकिन्छ भन्ने हाम्रो सोचाइ हो ।” 

    चन्द्रागिरिमा केबलकार, पाँचतारे रिसोर्ट, थिमपार्क, थ्रिडी पार्क तथा मन्दिर लगायतका पूर्वाधार निर्माणले पर्यटकलाई आकर्षित गर्न र पर्यटन गतिविधि विस्तार गर्न सहयोग पुगेको उहाँको भनाइ छ । यही अनुभवका आधारमा सातै प्रदेशमा पर्यटकीय पूर्वाधार विकास गर्ने अभियान अघि बढाइएको उनले बताए।

    अध्यक्ष ढकालले नेपालमै अन्तरराष्ट्रियस्तरको आतिथ्य सेवा उपलब्ध गराउने उद्देश्यले ‘इला’ ब्रान्डको होटल सञ्चालनमा ल्याइएको स्पष्ट पार्नुभयो । आफ्नै व्यावसायिक सञ्जाल र अनुभवको उपयोग गर्दै स्वदेशी होटल ब्रान्ड विकास गर्ने सोचका साथ इला सञ्चालनमा ल्याइएको उनले बताए।

    उनले भने, “हामी आफ्नै ब्रान्ड किन नबनाउने रु यत्रो नेटवर्क र सबै कुरा छ भने आफ्नै होटलको सञ्जाल किन नबनाउने भन्ने हिसाबले ‘इला’ सञ्चालनमा ल्याएका हौँ । यो कुनै पनि अन्तरराष्ट्रिय ब्रान्डका होटलभन्दा कम नहुने गरी बनाएका छौँ ।” 

    होटल इलाले स्थानीय वातावरण र पर्यटकीय सम्भावनालाई उपयोग गर्दै गुणस्तरीय सेवा प्रदान गर्ने उहाँको भनाइ छ । तल्लो क्षेत्रमा हुने गर्मी छल्दै पहाडी तथा पर्यटकीय क्षेत्रमा चिसो मौसमको अनुभव लिन सकिने वातावरणसँगै वन्यजन्तु सफारी र धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको उनले बताएका छन् ।

    व्यवसाय विस्तार गर्दा सरकारको प्राथमिकता, आम सर्वसाधारणको चाहना र व्यावसायिक दिगोपनलाई मुख्य आधार बनाइएको अध्यक्ष ढकालले उल्लेख गरे । “हामीले तीनवटा सिद्धान्तमा काम गरेका छौँ ।” उनले भने, “पहिलो, सरकारले प्राथमिकता दिएका क्षेत्रमा लगानी गर्ने, दोस्रो, आम सर्वसाधारणले चाहेका काम गर्ने र तेस्रो, व्यावसायिक रूपमा दिगो हुने गरी काम गर्ने । ” 

    निजी क्षेत्रको पूँजी परिचालनबाट मुलुकभित्रै ठूला पर्यटकीय परियोजना सञ्चालन गर्न सकिने उल्लेख गर्दै नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले यस्ता लगानीले रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

    यही समूहको चन्द्रागिरि, मौलाकालीका, लुम्बिनी केवलकार सञ्चालनमा आइसकेका छन् भने आगामी केही समयभित्रै कैलालीको चिसापानीमा जालपादेवी सञ्चालनमा आउँदैछ । पाथीभरामा ६० प्रतिशत काम सकिएको छ भने देवघाटबाट मौलाकालिका जोड्ने गरी अर्को केबुलकार निर्माण गरिँदै छ । कास्कीको सिक्लेसमा केबुलकारको प्रक्रिया अगाडि बढाईएको छ । 

    कर्णालीको रारामा होटल सञ्चालन गर्ने तयारी गरिएको छ भने मधेस प्रदेशभित्र पर्यटकीय पूर्वधार निर्माणका लागि अध्ययन भइरहेको छ । इला हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण थापाले होटलले दक्ष कर्मचारी, आधुनिक सुविधा र उच्च गुणस्तरीय सेवामार्फत अन्तरराष्ट्रिय चेन होटलको तुलनामा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइरहेको जानकारी दिएका छन् ।

    विदेशमा हासिल गरेको ज्ञान र सीपलाई उपयोग गरी फर्किएका र आफैँले तयार गरेका जनशक्तिले सेवा दिइरहेको उनको भनाइ छ । थापासमेत २० वर्ष विदेशमा हस्पिटालिटी क्षेत्रमा काम गरेर फर्किएका हुन् । 

    नेपालमा टाइगर प्यालेस, सिजी हस्पिटालिटी, याक एण्ड यती, सिद्धार्थ हस्पिटालिटी लगायतको अनुभवपछि आफू इलामा जोडिएको भन्दै उनले उच्च गुणस्तरको सेवा दिन सफल भएको बताएका छन् । इलाका सबै होटलहरु रमणीयस्थलमा भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनले बताएका छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend