images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • निर्जीवन बीमा कम्पनी बाढी पहिरोले...

निर्जीवन बीमा कम्पनी बाढी पहिरोले गर्दा घाटामा, कुन कति घाटामा ? (सूचीसहित)

निर्जीवन बीमा कम्पनी बाढी पहिरोले गर्दा घाटामा, कुन कति घाटामा ? (सूचीसहित)

images
images
शुक्रवार, कार्तिक ३० २०८१
शुक्रवार, कार्तिक ३० २०८१
  • काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म भएको अविरल भारी बर्षाका कारण आएको बाढी पहिरोले निर्जीवन बीमा कम्पनीहरुको नाफा पनि प्रभावित भएको छ । सोही कारण चालु आर्थिक बर्ष २०८१–८२ को पहिलो त्रैमासमा ठूला निर्जीवन बीमा कम्पनीहरुको खुद नाफा ८६.३० प्रतिशतले घटेको छ ।

    images
    images

    बाढी पहिरोका कारण बीमा कम्पनीहरुमा दावी बढेपछि नाफा प्रभावित भएको हो । हाल नेपालमा १४ ठूला निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । शुक्रबारसम्म उनीहरुले चालु आवको पहिलो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेका छन् । 

    चालु आवको पहिलो त्रैमासमा उनीहरुको कुल खुद नाफा १६ करोड ६५ लाख २६ हजार रुपियाँ मात्रै रहेको छ, जुन गत आवको सोही अवधीको तुलनामा एक अर्ब चार करोड ९५ लाख पाँच हजार रुपियाँ कम हो । गत आवको सोही अवधीमा उनीहरुको खुद नाफा एक अर्ब २१ करोड ६० लाख ३१ हजार रुपियाँ थियो । 

    images
    images

    त्यसमा पनि चार कम्पनी त नोक्सानीमै गएका छन् । दि ओरियन्ट इन्स्योरेन्स २४ करोड ५१ लाख ६० हजार रुपियाँ, नेशनल इन्स्योरेन्स १८ करोड तीन लाख ८५ हजार रुपियाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स आठ करोड ९५ लाख नौ हजार रुपियाँ र युनाइटेड अजोड इन्स्योरेन्स एक करोड ८१ लाख ४५ हजार रुपियाँले घाटामा छन् । यी बाहेक अन्य कम्पनीहरु नाफामै छन् । त्यसमा अधिकांशको नाफा घटेको छ । 

    गत असोज १० देखि १२ गतेसम्म भएको अविरल भारी बर्षाका कारण आएको बाढी पहिरोले भौतिक सम्पत्ति लगायतमा ठूलो क्षति पुगेको थियो । त्यसले बीमा कम्पनीहरुमा साढे १० अर्ब रुपियाँ भन्दा बढीको दावी सिर्जना गरेको छ । साथै, बीमा कम्पनीहरुले आधा अर्ब रुपियाँ भन्दा बढी अग्रिम भुक्तानी पनि दिएका छन् । बाढीले बीमा दावी बढाउने भएपछि कम्पनीहरु जोखिम बापत राख्नुपर्ने प्रोभिजनीङ रकम बढाउन परेको छ । सोही कारण कम्पनीहरुको नाफा प्रभावित भएको हो । 

    नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रले बाढी कै कारण पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको नाफा प्रभावित भएको बताए । ‘बाढीले आकस्मीक रुपमा दावी बढायो । यो नियमीत दावी नभएर आकस्मीक दावी हो । यसबाट सिर्जना हुन सक्ने दायित्वका लागि ठुलो रकम छुट्टाउन परेको छ,’ उनले भने, ‘त्यसले गर्दा नाफा प्रभावित भयो ।’समीक्षा अवधिमा राष्ट्रिय बीमा कम्पनीले सबै भन्दा धेरै नाफा कमाएको छ । उक्त कम्पनीको नाफा १५ करोड ६५ लाख ७५ हजार रुपियाँ रहेको छ । 

    दोस्रो स्थानमा भने शिखर इन्स्योरेन्स देखिएको छ । समिक्षा अवधीमा उक्त कम्पनीले ११ करोड ५२ लाख ३५ हजार रुपियाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको नेको इन्स्योरेन्सले सात करोड चार लाख ६८ हजार रुपियाँ खुद नाफा कमाएको तथ्यांकमा उल्लेख छ । 

    यसैगरी हिमालयन एभरेष्टले छ करोड ६१ लाख ८० हजार रुपियाँ, सिद्धार्थ प्रिमियरले छ करोड ४० लाख तीन हजार रुपियाँ, आईजीआई प्रुडेन्सियलले छ करोड १० लाख ६५ हजार रुपियाँ, प्रभुले पाँच करोड ६० लाख १४ हजार रुपियाँ र सानिमा जिआईसीले पाँच करोड आठ लाख ७० हजार रुपियाँ खुद नाफा कमाएको छ । यस्तै, एनएलजीले चार करोड ८९ लाख पाँच हजार र नेपाल इन्स्योरेनसले एक करोड चार लाख १० हजार रुपियाँ खुद नाफा कमाएको छ । 

    undefined

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend