images

२०८३ आश्विन २२ गते

images
images
images

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

जाडो मौसममा यसरी जोगिन सकिन्छ निमोनियाबाट

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • चितवन । चिसो मौसममा निमोनिया गराउने ‘भाइरस’ सक्रिय हुने हुँदा यसबाट बच्न विज्ञ चिकित्सकको सुझाव छ । जाडो मौसममा बालबालिका देखि बृद्धबृद्धा सम्मलाई निमोनियाको संक्रमण धेरै हुने जनाउँदै सावधानी अपनाउन सुझाव दिइएको हो । 
     
    केही वर्ष अघिसम्म राजधानी बाहिर विशिष्टिकृत सेवा अभाव हुँदा बिरामीहरु काठमाण्डौं केन्द्रीत हुने गर्दथे । पछिल्ला दिनहरुमा विशिष्टिकृत सेवा राजधानी बाहिर पनि उपलब्ध हुन थालेपछि निमोनियाका कारण अकालमा ज्यान जाने क्रम घटेको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा सेवा दिंदै आएका प्रा.डा.शीतल अधिकारी चिसो मौसममा अन्य समयमा भन्दा बढी निमोनिया हुन सक्ने बताउछन।

    images
    images

    प्रा.डा.शीतल अधिकारी

    उनले भने “चिसोले निमोनिया बनाउने भन्दा पनि चिसो वातावरणमा निमोनिया हुन सक्छ । इन्फ्लुएन्जा भाइरस चिसोमा सक्रिय हुने भएकाले निमोनिया हुने सम्भावना बढी हुन्छ ।” रुघा, खोकी, ज्वरो आउनेबित्तिकै बोलीचालीको भाषामा निमोनिया लाग्यो भनिने भए पनि त्यो निमोनिया नभएको उनको भनाई छ । उनले भने “निमोनियामा साधारण तया एक्सरे गरेर हे¥यो भने फोक्सोमा सेतो दाग देखिन्छ त्यो निमोनिया हो ।” 

    images
    images

    निमोनिया फोक्सोमा हुने एक प्रकारको संक्रमण भएको भन्दै उनले कोभिडको बेलामा भाइरसले निमोनिया बनाएको बताउनु भयो । सामान्यतया धेरैजनालाई हुने इन्फ्लुएन्जा भाइरसले गर्दा निमोनिया हुने भन्दै अन्य ब्याक्टेरियाले गर्दा पनि निमोनिया हुने बताए । उनले भने “मधुमेह नियन्त्रणमा नभएको वा रोग सँग लड्ने क्षमता कम भएको व्यक्तिहरूलाई यो बाहेक फङ्गस (ढुसी) ले पनि निमोनिया गराउँछ ।” फोक्सोमा संक्रमण भएपछि खोकी लाग्ने, ज्वरो आउने र छाती दुख्ने गर्दछ । 

    साधारण भाषामा निमोनिया भनेको फोक्सो पाक्ने समस्या भएको भन्दै उनले भने “फोक्सोको एक भाग अथवा पुरै भाग पाक्ने हो । त्यसको वरिपरि पानी जम्ने र त्यो इन्फेक्टेड भयो भने पीप जस्तो हुन्छ ।” 

    निमोनियाको दुई प्रकृति रहेको छ । ब्याक्टेरियल निमोनिया अर्थात् भाइरस निमोनियाको समयमै उपचार भयो भने खासै खतहरू बस्दैन । तर कुनै–कुनै निमोनिया जस्तैः कोभिड निमोनिया निको भएपनि फोक्सोमा खतहरु देखिएको उहाँले जानकारी दिए । 

    समयमा उपचार भयो र अन्य जटिलताहरु जस्तो पीप बनेन भने साधारण तया निमोनिया निको हुने रोग अन्तर्गत पर्ने उनको भनाई छ ।  उनले भने “रोग सँग लड्ने क्षमता, समयमै सही एन्टिबायोटिकको प्रयोग र बिरामीको केयर कस्तो छ भन्ने अवस्थाले निमोनिया निको हुने वा नहुने भन्ने कुरामा भर पर्दछ ।” 

    साधारणतया  निमोनिया  हुने कारणमा भाइरस र ब्याक्टेरिया नै मुख्य कारण हुन् ।  धेरैजसो बिरामीलाई इन्फ्लुएन्जा, कोभिड र श्वासप्रश्वासमा असर गर्ने भाइरस नै हो । त्यस्तै ब्याक्टेरियाका कारणले हुने निमोनियामा सामान्तया स्ट्रेप्टोकोकस निमोनिया हो । यो धेरैजसो भीडभाडमा जाँदा हुने निमोनियामा पर्दछ । 

    निमोनियाबाट बच्नको लागि भिडभाडमा जाँदा मास्कको प्रयोग गर्ने, रुघा लागिरहेको व्यक्तिको अगाडि नजान, खोक्दा, हाच्छ्यु गर्दा सर्ने भएकाले कोभिडको बेलामा प्रयोग गरेका मापदण्डहरु प्रयोग गर्न उनले सुझाव दिए । अहिले निमोनियाको भ्याक्सिन समेत पाईने उनले बताए । 

    समयमै उपचार गरेमा प्रायःजसो निमोनिया निको हुन्छ । रोगसँग लड्ने क्षमता कम भएको अवस्थामा सबैजना निको हुँदैनन् ।  करिब १० प्रतिशतलाई निको पार्न नसकिने उहाँ बताउछन । उनले भने “पानी धेरै जमेको छ, निमोनिया ठूलो छ र कहिलेकाहीँ खकारहरु ननिस्केर भएको निमोनिया छ भने त्यो जटिल नै हुन्छ ।” रासस

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend