images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको...

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचारको तयारी

images
images
बिहिवार, कार्तिक २९ २०८१
बिहिवार, कार्तिक २९ २०८१
  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा फिस्टुला रोगको निशुल्क उपचार गर्नेे व्यवस्थाको लागि पहल गरिरहेको बताएका छन् ।

    images
    images

    बिहीबार काठमाडौंमा आयोजित एकद्धार संकट व्यवस्थापन केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले, पापी भएको कारण फिस्टुला रोग लाग्छ भन्ने अमानविय परम्परागत मान्यता रहेको गुनासो गरे । फिस्टुला रोग जस्ता धेरै समस्यालाई अहिलेसम्म कानुनले पनि नदेखेको भन्दै यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी रहेको उनको भनाई छ ।

    उनले भने,‘फिस्टुलाको समस्या भएको महिलाहरु हुनुहुन्छ । उहाँहरुको पिसाब कन्ट्रोल हुँदैन् । जन्मने बेला बच्चा लामो समय अड्किएपछि त्यो समस्या हुन्छ । तर परम्परागत मान्यता पापी भएको कारण यस्तो हुन्छ भन्ने रहेछ । घरभन्दा धेरै पर कटेरो बनाएर राखिदो रहेछ । यो भन्दा अमानवियता अरु केही हुन सक्छ ? त्यसैले सातवटा प्रदेशमा नै उपचार निशुल्क हुने व्यवस्थाको लागि पहल गर्दैछौं । यस्ता धेरै समस्या छन् ,जसले कानुनले देखेको पनि छैन् । यस्तो विषयमा व्यवस्थित ढंगले काम गर्न जरुरी छ ।’

    images
    images

    उनले महिला अधिकारको सन्दर्भमा भारत र अमेरिका लगायतका देशमा भन्दा नेपालको प्रतिनिधिसभामा समावेशीता रहेको बताए । सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको भएतापनि समावेशीता अनुभूतिमा बद्लिन नसकेको उनको गुनासो छ ।

    उनले भने,‘महिला अधिकारको सन्दर्भमा नेपाल यस्तो देश हो जहाँ प्रतिनिधिसभा समावेशी छ । यस्तै समावेशी प्रतिनिधिसभा भारतमा पनि छैन् । अमेरिकामा पनि छैन् । सबै किसिमबाट समावेशीतालाई सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बावजुत पनि समावेशीता अनुभूतिमा किन बदलिन सकेको छैन । लैङ्गीक हिंसा अन्त्य हुन किन सकेको छैन ।’

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend