images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभामा विधेयकमाथि ‘एक्सन’, ४ छलफलमा र...

प्रतिनिधिसभामा विधेयकमाथि ‘एक्सन’, ४ छलफलमा र १ पारित

प्रतिनिधिसभामा विधेयकमाथि ‘एक्सन’, ४ छलफलमा र १ पारित

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ । सभामुख डोलप्रसाद अर्यालले आजको कार्यसूचीमा रहेका प्रस्तावहरू पारित भएको घोषणा गर्दै बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् । बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले तीन वटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेस गरेकी थिइन् । मन्त्री गौतमले प्रस्तुत गरेका ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई सभाले समितिमा पठाउन स्वीकृति प्रदान गरेको छ ।

    images
    images

    त्यसैगरी, कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् । त्यो विधेयक पनि सभाबाट पारित भएको छ ।बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ माथि छलफल गरियोस् र सो विधेयक पारित गरियोस् भन्ने दुई वटा प्रस्ताव पेस गरेका थिए । मन्त्री पुनले पेस गरेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको विधेयकलाई सभाले पारित गरेको छ ।त्यसपछि सभामुख अर्यालले बैठक बिहीबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरेका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend