images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्रीको सीमा अभिव्यक्ति सच्याउन वा रेकर्डबाट...

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति सच्याउन वा रेकर्डबाट हटाउन श्रम संस्कृति पार्टीको माग

प्रधानमन्त्रीको सीमा अभिव्यक्ति सच्याउन वा रेकर्डबाट हटाउन श्रम संस्कृति पार्टीको माग

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन्।बुधबार प्रतिनिधिसभाको बैठकमा सो पार्टीका सांसदहरूले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको रोस्टमबाटै सच्याइनुपर्ने वा संसद्को रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गर्दै आएको स्मरण गराए।

    images
    images

    बैठक सुरु हुनेबित्तिकै श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी संग्रौलालाई समय दिए।उनले गत जेठ १७ गते संसद्को रोस्टमबाट प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ’ भनी दिएको अभिव्यक्ति राष्ट्रघाती भएको बताइन्।उक्त अभिव्यक्ति सच्याउनुपर्ने वा रेकर्डबाट हटाउनुपर्ने माग सम्बोधन नभएको भन्दै उनले उक्त विषय कहिलेसम्म सम्बोधन हुन्छ भनेर सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend