images

२०८३ आश्विन १६ गते

images
images
images

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • मनाङ  । अविरल वर्षापछि घट्टेखोलाको लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ ।नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनले भने, “एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन । नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ ।”हाल त्यस क्षेत्रमा विज्ञहरुको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको समन्वयमा काम भइरहेको उनले जानकारी दिए । स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी तालको बहवलाई सञ्चालन गर्न कोसिस भइरहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

    images
    images

    “नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ”, अध्यक्ष घलेले भने, “आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।” उनका अनुसार पुल माथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन् ।लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण त्यसमा विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ । यसैबिच मस्र्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ वडा जोड्ने पुल बगाएपछि स्थानीयलाई आवतजावतमै समस्या परेको छ ।स्थानीय रामबहादुर थकालीका अनुसार ताचैबासी सडक सञ्चालबाट अहिले अलग भएको अवस्था छ । विगतमा तीनतिरबाट त्यहाँ आवतजावत गर्न मिल्थ्यो । उनका अनुसार पछिल्ला दिनमा त्यस क्षेत्रका घोडेटो, गोरेटो र मोटरबाटो बाढी पहिरोले क्षति पुर्याएको छ । गाउँमा कसैलाई आकस्मिक रूपमा कहीँकतै जानुपर्यो भने अहिले त्यो सम्भव छैन ।नासोँ–८ का वडाध्यक्ष याद घले भन्छन्, “गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको छ । म आफैँ पनि वडाकै नेतृत्वमा छु । तर, आवश्यक स्रोतसाधन अभावले केही काम नै गर्न सकिएको छैन ।”

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend