images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • कृष्णपुर नगरपालिकाद्वारा ६ सामुदायिक विद्यालयलाई बस...

कृष्णपुर नगरपालिकाद्वारा ६ सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

कृष्णपुर नगरपालिकाद्वारा ६ सामुदायिक विद्यालयलाई बस हस्तान्तरण

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ६ वटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्नुका साथै विद्यार्थीलाई विद्यालय आउजाउमा सहज बनाउने उद्देश्यले नगरपालिकाले बस हस्तान्तरण गरेको हो।नगरपालिकाले वडा नम्बर ६ स्थित महाकाली माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित नन्द माध्यमिक विद्यालय र उदय माध्यमिक विद्यालय, वडा नम्बर १ स्थित राष्ट्रिय माध्यमिक विद्यालय, वडा नम्बर ४ स्थित कृष्ण माध्यमिक विद्यालय र वडा नम्बर ८ स्थित वीणा माध्यमिक विद्यालयलाई बस हस्तान्तरण गरेको हो।

    images
    images

    बुधबार आयोजित कार्यक्रममा नगरपालिकाका मेयर हेमराज ओझा र उपप्रमुख द्रौपती रानाले संयुक्त रूपमा विद्यालयका प्रतिनिधिलाई बस हस्तान्तरण गरे।नगरपालिकाले गत आर्थिक वर्षमा प्रतिगोटा ४५ लाख ४५ हजार रुपैयाँका दरले बस खरिद गरेको मेयर ओझाले जानकारी दिए। हस्तान्तरण गरिएका बस ५० सिट क्षमताका टाटा कम्पनीका २०२६ मोडलका हुन्। बसमा बीएस–६ प्रविधियुक्त ३२ सय सीसीको इन्जिन रहेको छ।मेयर ओझाका अनुसार विद्यालयलाई बस उपलब्ध गराउनुअघि नगरपालिकाले बस सञ्चालन गर्न सक्ने विद्यालयबाट प्रस्ताव मागेको थियो। विद्यालयको आवश्यकता, सञ्चालन क्षमता लगायतका आधार तय गरी प्रस्ताव माग गर्दा ६ वटा विद्यालयले बस सञ्चालन गर्न सक्ने जनाएपछि ती विद्यालयलाई बस हस्तान्तरण गरिएको हो।

    सामुदायिक विद्यालयलाई नगरपालिकाले आफ्नै लगानीमा बस उपलब्ध गराएको कार्यलाई उनले नमुनाका रूपमा दाबी गरे।‘बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्न र विद्यार्थीलाई विद्यालय आउजाउमा सहज बनाउन बस उपलब्ध गराएका हौँ,’ मेयर ओझाले भने।बस सञ्चालन भएपछि चालक व्यवस्थापन, इन्धनलगायतका खर्च भने सम्बन्धित विद्यालयले नै व्यहोर्ने व्यवस्था गरिएको छ।महाकाली माध्यमिक विद्यालयका प्रधानाध्यापक पुरनसिंह बोगटीले विद्यालयलाई बस प्राप्त भएपछि विद्यार्थीको आवतजावतमा सहज हुने बताए। नगरपालिकाले बस उपलब्ध गराएपछि विद्यालयको यातायात व्यवस्थापनमा ठूलो सहयोग पुगेको उनले बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend