images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • प्रतिनिधि सभामा दुई विधेयक पेस, राष्ट्रिय...

प्रतिनिधि सभामा दुई विधेयक पेस, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद्

प्रतिनिधि सभामा दुई विधेयक पेस, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय र डिप्लोमा इन्जिनियरिङ परिषद्

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौँ । प्रतिनिधि सभामा दुई विधेयक पेस भएका छन् । प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ र ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ पेस गरेकी हुन् । 

    images
    images

    पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ पेस गरे । विधेयक पेस गर्नुअघि दुवै मन्त्रीले पेस गर्न अनुमति माग्ने प्रस्ताव पेस गरेका थिए । अनुमति माग्ने प्रस्तावमा विरोधका सूचना नआएका भन्दै सभामुख डोलप्रसाद अर्यालले दुवै विधेयक पेस गर्न अनुमति दिएका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend