images

२०८३ आश्विन १७ गते

images
images
images

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

कपिलवस्तु कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

images
images
सोमवार, आश्विन १२ २०८३
सोमवार, आश्विन १२ २०८३
  • कपिलवस्तु । कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा चुनौती देखिएको छ ।करिब ३५० जना क्षमता रहेको उक्त कारागारमा हाल ४२६ जना कैदीबन्दी रहेको कारागार प्रमुख मानबहादुर सारुले जानकारी दिए । कारागार व्यवस्थापन विभागले पछिल्लो समय ५० जना महिला कैदीबन्दीसमेत कपिलवस्तु कारागारमा थप गरेको छ ।यसअघि पुरुष कैदीबन्दी मात्रै राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप चुनौती देखिएको छ । कारागार प्रमुख सारुका अनुसार ब्लक ‘ए’ मा १८० जनाको क्षमता रहेकामा २२७ जना र ब्लक ‘बी’ मा १७२ जनाको क्षमता रहेकामा १९९ जना कैदीबन्दी छन् ।

    images
    images

    उनले क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको बताए । “उपलब्ध संरचनाको क्षमताभन्दा कैदीबन्दीको सङ्ख्या बढी छ, त्यसैले व्यवस्थापनमा चुनौती छ”, उनले भने ।विसं १९९५ मा स्थापना भएको कारागारको भौतिक संरचना पुरानो भएकाले कैदीबन्दीको सङ्ख्याअनुसार थप संरचना तथा आवश्यक पूर्वाधारको व्यवस्था गरिनुपर्ने आवश्यक रहेको प्रमुख सारुले बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend