images

२०८३ आश्विन २२ गते

images
images
images
  • स्वास्थ्य
  • पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार...

पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु

पाठेघरको मुखको क्यान्सरका कारण दैनिक चार जनाको मृत्यु

images
images
बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौँ । नेपालमा दैनिक ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको पाइएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकअनुसार हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु भएको हो ।

    images
    images

    विज्ञहरूका अनुसार नेपालका महिलामा सबैभन्दा बढी अर्थात एक नम्बरमा पाठेघरको क्यान्सर पाइन्छ । दोस्रोमा ‘ब्रेस्ट’ क्यान्सर र तेस्रोमा पेटको क्यान्सर रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत डा.कृष्णसागर शर्माले बताए ।

    शर्माका अनुसार महिलालाई पाठेघरको मुखको क्यान्सर हुने कारण सानो उमेरदेखि नै शारीरिक सम्बन्धमा संलग्न हुनु, धेरै मान्छेसँग शारीरिक सम्बन्ध राख्नु लगायत छन् ।

    images
    images

    पाठेघरको मुखको क्यान्सर हुँदा शारीरिक सम्बन्ध राख्दा तल्ल पेट दुख्ने, रगत बग्ने, गनाउने पानी बग्ने, सामान्य उपचार गर्दा निको नहुने जस्ता लक्षण देखिने उनले बताए । पाठेघरको मुखको क्यान्सर स्टेज १, २ र ३ सम्म निको पार्न सकिने डा.शर्मा बताउँछन् । यो क्यान्सरको चौथो अवस्थामा केही समस्या भए पनि उपचार सम्भव नै रहेको उनले बताए । महिलाहरूलाई सन्तुलित खाना खाने, नियमित व्यायाम गर्ने, धेरै तनाव नलिने, स्वास्थ्य जीवनशैली अपनाउन उनले सुझाएका छन् ।

    डा.शर्माका अनुसार शारीरिक सम्बन्ध राख्न थालेपछि प्रत्येक दुई वर्षमा पाठेघरको मुखको जाँच गराउनुपर्छ । यसले दश वर्षपछि पाठेघरको मुखको क्यान्सर हुन्छ कि भनेर पत्ता लगाउन सकिन्छ । यहिबेला उपचार गरेमा क्यान्सरको रोकथाम गर्न सकिन्छ । ‘पाठेघर क्यान्सर हुन नदिन एचपीभी भ्याक्सिन छ ।’ उनले भने, ‘यो भ्याक्सिन ११ वर्षदेखि १३ वर्षको उमेरमा लगाउन सकिन्छ । यो खोप सबैलाई पुर्याउन सकेमा १५ देखि २० वर्षपछि पाठेघरको मुखको क्यान्सरको समस्या नियन्त्रण गर्न सकिन्छ ।’

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन् ।

    मङ्गलवार मन्त्रीस्तरीय निर्णय भएपछि यही माघ २३  क्यान्सर दिवसको अवसर पारेर देशव्यापी खोप अभियान थाल्ने मन्त्रालयको तयारी छ । १५ दिन सञ्चालन हुने अभियान अन्तर्गत देशैभरका किशोरीहरूलाई खोप दिइनेछ ।यो अभियान मार्फत देशभरका ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार नौ सय किशोरी लाभान्वित हुने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend