images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • नौमहिने सैन्य आधार तालिम पूरा गरेका...

नौमहिने सैन्य आधार तालिम पूरा गरेका २ हजार ९६८ जना दीक्षित

नौमहिने सैन्य आधार तालिम पूरा गरेका २ हजार ९६८ जना दीक्षित

images
images
शुक्रवार, आश्विन ९ २०८३
शुक्रवार, आश्विन ९ २०८३
  • काठमाडौँ। नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित नौमहिने सैन्य आधार तालिम पूरा गरेका २ हजार ९६८ जना दीक्षित भएका छन् ।सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार नेपाली सेनाका सैन्य तालिम केन्द्रसहित विभिन्न २२ स्थानमा सञ्चालित सैन्य आधार तालिम सम्पन्न भएको हो । दीक्षित हुनेमा २ हजार ५०२ जना पुरुष र ४६६ जना महिला रहेका छन् ।

    images
    images

    तालिम समापनका अवसरमा विभिन्न स्थानमा आयोजित अन्तिम दलेल कवाजमा सैन्य जवानहरूले प्रदर्शन गरेका थिए । कवाजमा सहभागी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कृत गरिएको निर्देशनालयले जनाएको छ ।श्री नं. १ सैन्य तालिम केन्द्र, त्रिशूलीमा तालिम पूरा गरेका सैन्यका लागि श्री नं. १६ बाहिनी अड्डामा आयोजित अन्तिम दलेल कवाज कार्यक्रममा सैनिक तालिम महानिर्देशक उपरथी प्रेमबहादुर पुनले कवाज निरीक्षण गरेका थिए । त्यस्तै, श्री नं. २ सैन्य तालिम केन्द्र, सैनामैनामा आयोजित कार्यक्रममा मध्य पश्चिम पृतनापति उपरथी हिम्मतबहादुर विष्टले कवाज निरीक्षण गरेका थिए ।विभिन्न बाहिनी, शिक्षालय तथा गणमा सम्बन्धित रथीवृन्दले कवाज निरीक्षण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।अन्तिम दलेल कवाजमा विभिन्न जिल्ला तथा स्थानीय तहका प्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नवनियुक्त सिपाहीका परिवार तथा आफन्त र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend