images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • असोज महिनामा सरकारले संसद्‍मा पुर्‍यायो १०...

असोज महिनामा सरकारले संसद्‍मा पुर्‍यायो १० विधेयक

असोज महिनामा सरकारले संसद्‍मा पुर्‍यायो १० विधेयक

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौं । सरकारले असोज महिनाको पहिलो सातामा संघीय संसद्‍मा १० विधेयक पुर्‍याएको छ । संसद्को दोस्रो अधिवेशन चलिरहेका बेलामा दर्ता गरिएका विधेयकहरू स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, र पूर्वाधार विकाससँग सम्बन्धित छन् । संघीय संसद् सचिवालयको वेबसाइट अनुसार असोज १ देखि ६ गतेसम्म यी विधेयकहरू दर्ता भएका हुन् । असोज ६ गते ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ असोज ५ गते ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (दोस्रो संशोधन) विधेयक,’ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक’ र ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ दर्ता भएका छन् । यी सबै विधेयक स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दर्ता गरेको हो । 

    images
    images

    असोज ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक, २०८३’ र ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक, २०८३’ दर्ता भएका छन् । असोज ६ गते ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ दर्ता भएको छ । असोज २ गते ‘निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक’ र असोज १ गते द ‘फोहोरमैला व्यवस्थापन विधेयक’ दर्ता भएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend