images

२०८३ आश्विन १७ गते

images
images
images

जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला

जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदका लागि आवेदन खुला गरेको छ ।नेपालको संविधानको धारा १४९ को उपधारा (२) को खण्ड (ख) र (ग) बमोजिम जिल्ला न्यायाधीश पदमा पदपूर्तिका लागि आयोगले आवेदन आह्वान गरेको हो  । आयोगले आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन प्रकाशित गरेको छ ।

    images
    images

    आयोगले सार्वजनिक गरेको सूचनाअनुसार आन्तरिक खुलातर्फ २ जना, खुलातर्फ १ जना र दलित समूहतर्फ १ जना गरी जिल्ला न्यायाधीशका लागि कुल ४ पदमा प्रतिस्पर्धा हुनेछ । आयोगले आवेदन दिने परीक्षार्थीले आन्तरिक खुल्लाका लागि २ हजार, खुल्लाका लागि २ हजार र प्रत्येक समावेशीका लागि ५ सय रुपैयाँ थप दस्तुर बुझाउनुपर्ने उल्लेख गरेको छ । आयोगको सूचना अनुसार आउँदो आवेदन दिने म्याद कात्तिक ७ गतेसम्म दिन सकिने जनाएको छ । आयोगले योग्य उम्मेदवारबाट दरखास्त आह्वान गर्दै प्रतियोगितात्मक लिखित परीक्षाको कार्यक्रमसमेत सार्वजनिक गरेको छ ।

    Nayadish bigyapan

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend