images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा...

ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ललितपुरबाट ग्यास स्टोर सञ्चालक पक्राउ

ग्यासको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा ललितपुरबाट ग्यास स्टोर सञ्चालक पक्राउ

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका–६, सानागाउँस्थित सिद्धीपुर ग्यास स्टोरका सञ्चालक सरोज नेम्कुललाई प्रहरीले पक्राउ गरेको छ। पसलेहरूले सिलिन्डरको सिलबन्दी खोलेर ग्यास रित्तो भएको भन्दै कृत्रिम अभाव सिर्जना गरेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा नेम्कुललाई नियन्त्रणमा लिएको हो। 

    images
    images

    ४७ वर्षका नेम्कुलको स्टोरबाट प्रहरीले सिल गरिएका २ वटा र सिल नगरिएका तर भरिएका २२ वटा गरी जम्मा २४ वटा ग्यास सिलिन्डर बरामद गरेको छ। बरामद गरिएका सिलिन्डरसहित पक्राउ परेका स्टोर सञ्चालक नेम्कुललाई प्रहरी वृत्त सातदोबाटोमा राखिएको छ। ग्यासको कृत्रिम अभाव सिर्जना गर्न नहुने कसुरमा उनीमाथि म्याद थप गरी अनुसन्धान अघि बढाइएको जानकारी जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सूचना अधिकारी गौतम मिश्रले दिएका छन्। 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend