images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी...

गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

गण्डकी र लुम्बिनीमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

images
images
बुधवार, आश्विन ७ २०८३
बुधवार, आश्विन ७ २०८३
  • काठमाडौँ । आगामी असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा  चट्याङ्ग र हावाहुरीसहित भारी देखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै मधेस प्रदेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि चट्याङ्ग र हावाहुरी सहित भारी देखि धेरै भारी वर्षाको तथा कर्णाली प्रदेशको पनि थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

    images
    images

    देशका अधिकांश स्थानमा  चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ । उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भूभाग आसपासमा रहेको र उक्त प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातिर सर्ने देखिएको महाशाखाले उल्लेख गरेको छ । यसको प्रभावले आजदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने बताइएको छ । सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

    819318721_122139712515219112_3006491134984085198_n

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend