images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना,...

परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना, एकद्वार प्रणालीबाट काम गरिने

परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना, एकद्वार प्रणालीबाट काम गरिने

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौँ । विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कूटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कूटनीतिक शाखा’ स्थापना गरेको छ।जलवायु परिवर्तन र यसले पारेको प्रभावका कारण नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएकाले जलवायु कूटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकार्यका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताएका छन्। उनले शाखाले कूटनीतिसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्यांक संकलनको कार्य समेत समानान्तर रूपमा गर्ने बताए। उनका अनुसार शाखाले जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकार्यका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ। 

    images
    images

    प्रवक्ता क्षेत्रीले जलवायुजन्य विपद्को तथ्यांक संकलनका लागि शाखाले नेपालमा रहेका जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने निकायहरूसँग समन्वय गर्ने जानकारी दिए। जलवायु परिवर्तन र त्यसका प्रभावका विषयमा विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन यो शाखा स्थापना गरिएको उनको भनाइ छ। संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी उक्त शाखा खडा गरिएको उनले स्पष्ट पारे।शाखा स्थापनाबारे स्पष्ट पार्दै उनले भने, ‘रसुवाको भोटेकोशी बाढीको विकराल अवस्थाले हामीलाई जलवायु कूटनीतिलाई प्रभावकारी बनाएर अगाडि लैजानुपर्छ भन्ने महसुस गराएको छ। भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले हाम्रो अस्तित्वमै चुनौती थपेकाले जलवायु कूटनीतिलाई केन्द्रमा राखेर काम गर्न परराष्ट्र मन्त्रालयमा यो शाखा स्थापना गरिएको हो।’

    उनका अनुसार नयाँ शाखाले जलवायु कूटनीतिक समन्वय गर्ने, जलवायु परिवर्तन र यसको प्रभावबारे संस्थागत रूपमा काम गर्ने तथा जलवायु प्रतिकार्यका कामलाई प्रभावकारी रूपमा अघि बढाउने मुख्य तीन उद्देश्य राखेको छ।शाखाका थप कामबारे जानकारी दिँदै उनले भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा कूटनीतिक बहसका लागि चाहिने सूचना, तथ्यांक र प्रमाण जुटाउन स्वदेशस्थित संस्थाहरूसँग समन्वय गरेर काम गरिनेछ। जलवायु परिवर्तनका क्षेत्रमा फरक-फरक निकायबाट भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन यसले सहयोग पुर्‍याउनेछ।’यस शाखाले अन्तर्राष्ट्रिय मञ्चमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन तथा सभाहरूमा सहभागी हुँदा सरकारको कार्ययोजना र गृहकार्यमा समेत ठूलो सघाउ पुर्‍याउने विश्वास प्रवक्ता क्षेत्रीले व्यक्त गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend