images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबिच...

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबिच भेटवार्ता

images
images
मंगलवार, आश्विन ६ २०८३
मंगलवार, आश्विन ६ २०८३
  • काठमाडौं । जापानले नेपालमा हालै भएको विपद्पछि आपत्कालीन अवस्थादेखि मध्यम तथा दीर्घकालीन पुनःस्थापनासम्म सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगी र नेपालका परराष्ट्रमन्त्री शिशिर खनालबिच न्युयोर्कमा भेटवार्तामा यसबारे छलफल भएको हो ।भेटमा विदेशमन्त्री मोटेगीले नेपालमा भएको विनाशकारी विपद्बाट ठुलो क्षति पुगेकामा दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरे। उनले विपद् प्रभावितको उद्धार तथा राहतमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै जापान नेपालसँगै रहेको बताए।

    images
    images

    मोटेगीले जापानले आपत्कालीन राहत सामग्री, अन्तर्राष्ट्रिय तथा अन्य संस्थामार्फत ३० लाख अमेरिकी डलरको आकस्मिक अनुदान, बेपत्ता व्यक्तिको पहिचानमा सहयोग गर्न विशेषज्ञ टोली तथा डीएनए परीक्षण उपकरण उपलब्ध गराउने जानकारी दिए।जापानको सहयोग आपत्कालीन चरणमा मात्र सीमित नरहने भन्दै उनले नेपाललाई मध्यम तथा दीर्घकालीन पुनःस्थापना र आत्मनिर्भर प्रयासमा समेत सघाउने बताए।जवाफमा परराष्ट्रमन्त्री खनालले विपद्का बेला जापान सरकार र जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा सहयोगप्रति आभार व्यक्त गरे। उनले बेपत्ता विदेशी नागरिक, विशेषगरी जापानी नागरिकको खोज तथा उद्धारमा नेपाल सरकारले कुनै कसर बाँकी नराखेको बताए।भेटमा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवबारे समेत चर्चा भएको थियो। मोटेगीले आगामी नोभेम्बरमा नेपालमा आयोजना हुने ‘नेपाल–जापान फेस्टिभल’ले दुई देशबिचको मैत्रीपूर्ण सम्बन्ध थप गहिरो बनाउने विश्वास व्यक्त गरे।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend